बुधबार १९ आश्विन, २०७९
असाेज १९ रामेछाप , गाेठगाउँ सराेकार समाज द्वारा आयाेजी वडा स्थरिय भलिबल खेल प्रतियोगितामा तरूणदलले उपाधी जित्न सफल भएकाे छ।

हिजाे भएकाे फाइनल खेलमा नमुना बाख्रा फमलाई हराउदै तरूणदलले प्रथम पुरस्कार नगद रू . २००००/- ट्रफी ,मेडल र प्रमाणपत्र जित्न सफल भएकाे थियाे भने नमुना बाख्रा फम द्वितीय पुरस्कार नगद रू १५०००/-हजार ,ट्रफी ,मेडल र प्रमाणपत्र जित्न सफल भएकाे थियाे , मिनरत्न दलित समुदाय संस्थालाई हराउदै साविकको वडा नं ८ ले तृतीय पुरस्कार नगद रू १००००/- दसहजार ,ट्रफी ,मेडल र प्रमाणपत्र जित्न सफल भएकाे थियाे भने मिनरत्न दलित समुदाय संस्थाले सान्त्वना पुरस्कार नगद रू ५०००/-पाँच हजार र प्रमाणपत्र जित्न सफल भएकाे सराेकार समाजका सहसचिव ,युवा तथा खेलकुद उपसमिति संयाेजक कुमार श्रेष्ठले विचार वाटिकालाई जानकारी गराउनु भयाे ।

श्रेष्ठले दिएकाे जानकारी अनुसार बिजय टिमहरूलाई समाजसेवीहरू शंकर बस्नेतले प्रथम पुरस्कार ,डाेर बहादुर कार्की (शिव)ले द्वितीय पुरस्कार ,राजकुमार बुढाथोकीले तृतीय पुरस्कार र केशर बहादुर कार्कीले सान्त्वना पुरस्कारकाे नगद उपलब्ध गराउनु भएकाे थियाे भने कार्यक्रमकाे प्रयाेजकहरूमा राम जानकी साेप एण्ड केमिकल कम्पनी प्रा.लि.,पाँच पाेखरी लड्री हब प्रा.लि. ईन्द्र कुमार श्रेष्ठ ,खिल बहादुर श्रेष्ठ , दिपक नेपाली ,छत्र बहादुर श्रेष्ठ ,रवि श्रेष्ठ ,बाबुलाल सापकोटा ,ऋषिराम श्रेष्ठ ,सिद्व बहादुर श्रेष्ठ ,संजय कुमार थापा , देव कुमारी श्रेष्ठ ,मीन बहादुर श्रेष्ठ ,कुमार श्रेष्ठ ,दिल बहादुर श्रेष्ठ हुनुहुन्थ्यो भने कार्यक्रम लाई समाजसेवी ,लक्ष्मी स्टाेरका प्राेपाइटर देबचन्द्र कठायतले मुख्य प्रयाेजन गर्नु भएकाे थियाे ।

समापन कार्यक्रम जनप्रतिनिधिहरू शिर कुमारी श्रेष्ठ ,दिपक नेपाली लगायत विभिन्न व्यक्तिहरूकाे उपस्थितिमा बिजय टिमहरूलाई पुरस्कार ,ट्रफी ,मेडल तथा प्रमाणपत्र वितरण गर्दै संस्थाका अध्यक्ष संजय कुमार थापाले झरिकाे पनि कुनै प्रभा नगरी खेलमा सहभागी हुनु भएका सम्पूर्ण खेलाडीहरू साँस्कृतिक कार्यक्रम प्रस्तुति गर्नु भएका सबै कलाकार मित्रहरू सम्पूर्ण अतिथहरू , कार्यक्रमका मुख्य प्रयाेजक, प्रयाेजकहरू ,झरिमा भिजिभिजि कार्यक्रमकाे साेभा बढाउन उपस्थिति सम्पूर्ण दर्शकहरू लगायत कार्यक्रमलाई विभिन्न माध्यम बाट सहयाेग गर्नुहुने सम्पूर्ण सहयाेगी दाताहरूलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गर्नु भएकाे थियाे।

