बुधबार ७ आश्विन, २०८३ (Wednesday September 23, 2026)

गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

आईतवार ३० आश्विन, २०७९ विचारवाटिका 1767


गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

असोज ३० काठमाडौं, रुपन्देही–२ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न   सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

आज न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिँदै अन्तरिम आदेशका लागि दुबै पक्षलाई  कात्तिक २मा छलफलमा बोलाएको छ ।

बैंकिङ कसूरको मुद्दामा कालोसूचीमा रहेको भन्दै निर्वाचन अधिकृत उदवीर नेपालीले  गुरुङको उम्मेदवारी खारेजीको निर्णय गरेका थिए । 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु