शनिबार ९ असार, २०८०
असार ९ काठमाडौं ,विश्व रक्तदाता दिवस २०२३काे अवसर पारि ब्लड डाेनर्स एसाेसिएशन नेपाल (ब्लाेदान) काठमाडौं जिल्ला शाखाकाे सहकार्य तथा कान्तिपुर अस्पताल रक्त सञ्चार सेवाको प्रविधिक सहयाेगमा गाेठगाउँ सराेकार समाजद्वारा आयाेजित खुल्ला रक्तदान कार्यक्रम आज शंखपार्कमा सम्पन्न भएकाे छ।

सराेकार समाजका अध्यक्ष संजय कुमार थापाकाे अध्यक्षता तथा ब्लड डाेनर्स एसाेसिएशन नेपाल ( क्लाेदान)का केन्द्रीय अध्यक्ष ई.सानुबाबु प्रजापतिकाे प्रमुख आतिथ्यमा आयाेजना गरिएकाे कार्यक्रममा ब्लड डाेनर्स एसाेसिएशन नेपाल ( ब्लाेदान) काठमाडौं जिल्ला शाखाका अध्यक्ष जनक कुमार खड्का ,ब्लाेदान काठमाडौं जिल्ला सचिव कृष्णप्रसाद मानन्धर ,ब्लाेदानका पूर्व केन्द्रीय सदस्य ईन्दिरा निराैला, विचार वाटिका मिडिया प्रा.लि.का अध्यक्ष दिल बहादुर श्रेष्ठ (दिलिप) ब्लाेदान ललितपुर जिल्ला सदस्य तुलसा देवी श्रेष्ठ ,ब्लाेदान काठमाडौं जिल्ला सदस्य सीता न्याैपाने,काठमाडौं मध्य क्षेत्रका अध्यक्ष आ.वि. ठकुर ,सदस्य सुमित्रा सेन, लिखु तामाकोसी गा.पा.का पूर्व जनप्रतिनिधि यम महत,माेहन बहादुर मगर,श्री चण्डेश्वरी मा.वि.गाेठगाउँ-गाेठपानीका पूर्व शिक्षक बद्री प्रसाद सापकोटा लगायतका व्यक्तिहरू अतिथिकाे रूपमा उपस्थित हुनुभएकाे थियाे ।



कार्यक्रममा सराेकारकाे अध्यक्ष थापाले कार्यक्रम लाई सफल पर्न स्थान उपलब्ध गाराहि सहयाेग गर्नुहुने शंखपार्क एकाईका प्रखुम हरिशरण के.सि., १० केस पानी उपलब्ध गराहि सहयाेग गर्नुहुने व्यवसायी धर्मराज पाैडेल,फलफुल तथा जुस उपलब्ध गराहि सहयाेग गर्नु हुने व्यवसायीहरू दिपक पाण्डे ,अर्जुन पाठक,प्रविन श्रेष्ठ ,सार्जन राई अन्य आवश्यक सामाग्री उपलब्ध गराहि सहयाेग गर्नुहुने यसाेदा श्रेष्ठ ,फास्ट फुट एण्ड शान्दार म:म सेन्टर ,मीन बहादुर श्रेष्ठ (बिष्णु) कुमार श्रेष्ठ ,दिलिप श्रेष्ठ , खिल बहादुर श्रेष्ठ ,निर बहादुर श्रेष्ठ नगद कार्यक्रम लाई नगद सहयाेग गर्नु हुने शंकर बस्नेत,राज कुमार बुढाथोकी ,राम जानकी साेप एण्ड केमिकल्स कम्पनी प्रा.लि.,देव कुमारी श्रेष्ठ , कार्यक्रम लाई सहकार्य गरि सहयाेग गर्ने ब्लाेदान काठमाडौं जिल्ला शाखा प्राविधिक सहयाेग गर्ने कान्तिपुर अस्पताल रक्त सञ्चार सेवा,प्रचारप्रसार गरि सहयाेग गर्ने विचार वाटिका मिडिया प्रा.लि./अर्थ सवाल साप्ताहिक , कार्यक्रममा उपस्थितिभै रगतदान गर्नुहुने सम्पूर्ण रक्तदाताहरू लगायत कार्यक्रम उपस्थित सम्पूर्ण जनालाई धन्यवाद व्यक्त गर्नुहुदै माैसमकाे कारण साेचेजति रक्तदाता नपुगेता पनि कार्यक्रम समग्र रूपमा सफलताका साथ सम्पन्न भएकाे जनकारी गराउनु भयाे।


