शनिबार १२ श्रावण, २०८१ (Saturday July 27, 2024)

 केहि नराम्रो काम गर्नु भनेको प्रधानमन्त्रीलाई धोका दिनु हो: सुदन किराती

सोमबार २५ भाद्र, २०८० विचारवाटिका 1346


 केहि नराम्रो काम गर्नु भनेको प्रधानमन्त्रीलाई धोका दिनु हो: सुदन किराती

 भदौ २५ काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले अहिलेको समयमा केहि नराम्रो काम गर्नु भनेको प्रधानमन्त्री प्रचण्डलाई धोका दिनु सरह भएको बताएका छन् ।

बौद्ध जागरण केन्द्रले आयोजना गरेको सो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले बताएका हुन् । उनले भने, ‘अहिलेको सरकार प्रति आम जनताहरुको धेरै आशा जागेको छ । प्रधानमन्त्रीले पनि हामी क्याबिनेट मन्त्रीहरुबाट ठूलो अपेक्षा राख्नु भएको छ । यो अवस्थामा म बाट प्रधानमन्त्रीलाई धोका हुने छैन । प्रधानमन्त्रीलाई धोका दिनु भनेको देशलाई नै धोका दिनु हो ।’

इतिहासमा यति धेरै काम भइरहेको र जनतामा आशा बिस्तारै जागिरहेको उनको भनाइ छ । उनले भने, ‘प्रधानमन्त्रीको यो स्प्रिडलाई समात्नु मेरो पहिलो कर्तव्य हो ।’

आफ्नै मान्छेहरुबाट नाजायज काम गराउन दबाब आएको भन्दै उनले भने, ‘तर म कदापि गलत काम गर्दिन बरु म पद त्याग गर्ने तयार छु । दलालहरुले आफूलाई भेट्ने आँट नगर्ने भन्दै आफ्नै मान्छेको भेषभूषामा शिखण्डी बनेर आएका हुन् कि भन्ने शंका लाग्ने उनले बताएका छन् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु