बिहीबार २१ असार, २०८१
असार २० काठमाडौं ,प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई नेकपा (एमाले ) ले दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न ध्यानाकर्षण गराएकाे छ ।
आज एमाले महासचिव शंकर पाेखरेलले विज्ञप्ति मार्फत प्रधानमन्त्रीले विश्वासको मत पाउने अवस्था नरहेकाे र अल्पमतमा परिसकेको उल्लेख गर्दै दीर्घकालीन निर्णय नर्गन आग्रह गर्नुकाे साथै नेकपा (एमाले )काे नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन र सहयाेग गर्न समेत प्रधानमन्त्री दाहाललाई आग्रह गरेकाे छ ।