बिहीबार ११ भाद्र, २०८३ (Thursday August 27, 2026)

अन्तरपालिका वक्तृत्वकलाकाे प्रथम पुरस्कार मन्थली नगरका बस्नेतले जित्न सफल ।

शुक्रबार ४ श्रावण, २०८१ दिल बहादुर श्रेष्ठ , 2115


अन्तरपालिका वक्तृत्वकलाकाे प्रथम पुरस्कार मन्थली नगरका  बस्नेतले जित्न सफल  ।

श्रवण ४ काठमाडौं , नेकपा ( एमाले ) रामेछाप -काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजित पुष्पलाल श्रेष्ठको जन्म शताब्दी तथा ४६ औं स्मृति दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज चाैंथाे दिनकाे पाँचौ कार्यक्रम अन्तरपालिका वक्तृत्वकलामा मन्थली नगरपालिका बाट सहभागी जेनिशा बस्नेतले प्रथम पुरस्कार तथा उत्कृष्ट महिला पुरस्कार जित्न सफल भएकाे छ ।

 


  कार्यक्रममा रामेछाप जिल्लाकाे आठ पालिकाबाट पन्द्र जना सहभागी मध्ये प्रथम पुरस्कार  मन्थली नगर बाट बस्नेतले मेडल ,प्रमाणपत्र र नगद रू ५ हजार ५ रूपैयाँ ,द्वितीय पुरस्कार दाेरम्वा शैलुङ्ग गाउँपालिका बाट सरू तिवारीले मेडल ,प्रमाणपत्र र नगद रू ३ हजार ५ रूपैयाँ , तृतीय पुरस्कार  लिखु तामाकोसी गाउँपालि बाट आर्यन न्याैपानेले मेडल ,प्रमाणपत्र र नगद रू २ हजार ५ रूपैयाँ र उत्कृष्ट महिला पुरस्कार  मन्थली नगरबाट जेनिशा बस्नेतले मेडल ,प्रमाणपत्र र नगर रू २ हजार ५ रूपैयाँ  जित्न सफल भयकाे थियाे ।

 


नेकपा ( एमाले ) रामेछाप -काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रविन्द्र)काे अध्यक्षता तथा बागमती प्रदेश कमिटी अध्यक्ष कैलास प्रसाद ढुङ्गेलकाे प्रमुख आतिथ्यतामा आयाेजना गरिएकाे अन्तरपालिका वक्तृत्वकला कार्यक्रममा मुल्यांकन तथा निर्णायक मण्डलामा थानेश्वर बस्याल , रामचन्द्र भण्डारी र प्रकाश कुमार श्रेष्ठ रहनु भएकाे थियाे ।


  सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पाँचौ दिनकाे छैटौं कार्यक्रम भाेलि बिहान १०.०० बजे क्वालिटी बैङ्क्वेट बुद्वनगरमा नेकपा (एमाले) काे केन्द्रीय कमिटी सदस्य तथा संगठन विभाग सचिव माधव ढुङ्गेलकाे प्रमुख आतिथ्यतामा बृहत रक्तदान कार्यक्रम रहेकाे छ ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु