सोमबार ५ फाल्गुन, २०८१ (Monday February 17, 2025)

असाेज १२ गते बगाएको खुर्काेटकाे पक्की पुल तयारी भाेलिबाट यातायात सञ्चालन हुँदै ।

शुक्रबार २ कार्तिक, २०८१ विचारवाटिका 1409


असाेज १२ गते बगाएको खुर्काेटकाे पक्की पुल तयारी भाेलिबाट यातायात सञ्चालन हुँदै ।

कात्तिक २ रामेछाप , असाेज १२ गते सुनकाेशीमा आएकाे विनाशकारी बाढीले बगाएकाे सिन्धुली र रामेछाप जिल्ला जाेड्ने खुर्काेटकाे पक्की पुल तयारी भएकाे छ, नेपाली सेनाले बुधबार बेलुका साँझसम्म लगाएर दुई जिल्ला जाेड्ने पक्की पुल पुन निर्माणकार्य सम्पन्न गरेपछि भाेलि शनिबारदेखि पुलबाट यातायात सञ्चालन हुदै छ ।
  दुई दिन सम्म निरन्तर परेकाे झरिले गर्दा सुनकाेशीमा आएकाे बाढीले रामेछाप र सिन्धुली जिल्ला जाेड्ने सुनकाेशी नदिमा रहेकाे खुर्काेटकाे पुल आधा बगाएपछि  तत्काल पुल निर्माण गरि यातायात सहज रूपमा आवतजावत हुने गरि नेपाल सरकारले पुल बनाउने जिम्मा नेपाली सेनालाई दिएकाे थियाे , नेपाल सरकारले क्षतिग्रस्त पुल पूर्ण निर्माण गर्ने जिम्मा दिएसगै नेपाली सेनाले असाेज २२ गतेदेखि निरन्तर लागिपरेर दुई जिल्ला जाेडन सफल भएकाे थियाे , नेपाली सेनाकाे  चाैध बाहिनी अड्डा गाैचर काठमाडौंको प्राविधिक टाेलीले प्राविधिक काम सुरू गरि बुधबार साझ एमपिवी ( माेडुलर पन्तको प्यानल बिज्र) राखेेर पुल तयार गरेकाे नेपाली सेना चाैध बाहिनी अड्डाका कर्नेल नारायण तुम्बाहाम्फेले जानकारी गराउनु भयाे ।
 बुधबारनै दुई जिल्ला जाेड्ने पुल तयारी भएपनि डेकिङ युनिट ( जडान ) गर्ने काम बाकी रहेकाे र उक्त कामपनि शनिबार सम्म सम्पन्न गरि यातायात सञ्चालन गराउने नेपाली सेनाका चाैध बाहिनी अड्डाका मेजर चिरञ्जीवी चाैलागाईले जानकारी गराउनु भयाे ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु