मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

यमपञ्चककाे अन्तिम दिन आज भाईटिका मनाईदै ।

आईतवार १८ कार्तिक, २०८१ डिबि श्रेष्ठ 1885


यमपञ्चककाे अन्तिम दिन आज भाईटिका मनाईदै ।

कार्तिक १८ काठमाडौं , नेपालीहरूकाे दाेस्राे ठूलाे  पाँच दिन सम्म मनाईने  तिहारकाे अर्थात यमपञ्चककाे  अन्तिम दिन आज भाईटिका पर्व घरघरमा खुसियालीकाे साथ मनाईदै छ ।
  प्रत्येक वर्ष कार्तिकशुल्क द्वितीयााकाे दिन मनाईने तिहारकाे मुख्यदिन भाईटिकाकाे दिन दिदिबहिनीहरूले आफ्ना दाजुभाइहरूलाई श्रद्वा,आस्था र निष्ठाका साथ दिर्घायुकाे कामना गर्दै संप्तरङ्गी टीका लगाउने र दिदिबहिनीहरूले दाजुभाइलाई टीका  लगाईदिए पछि दाजुभाइले पनि दिदिबहिनीहरू लाई संप्तरङ्गी टीका लगाईदिने परम्परा चलिएकाे छ ।
 नेपाल पञ्चाङ्ग निर्णायक बिकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीका अनुसार आज भाईटीकाकाे उत्तम साईत बिहान ११.३७ मा रहेपनि आज दिन भर लगाउदा कुनै बाधा नभएकाे बताउनु हुन्छ, बिकास समितिले जनाए अनुसार याे बर्ष भाईटीका लगाइदिनेले पूर्व र लगाई माग्नेले पश्चिम फर्कनु पर्ने छ ।
 आजकाे दिन दाजुभाइ नहुने चेलिबेटी  तथा चेलिबेटी नहुने दाजुभाइले रानीपाेखरी भित्र रहेकाे बालगाेपालेश्वर मन्दिरमा गएर सामुहिक भाईटिका समेत लगाईदिने र लाउने गर्दछ ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु