बुधबार १० असार, २०८३ (Wednesday June 24, 2026)

आज विवाह पञ्चमी, भगवान राम र सीताकाे विधिपूर्वक विवाह महाेत्सव हुँदै।

शुक्रबार २१ मंसिर, २०८१ Bichar Batika 1582


आज विवाह पञ्चमी, भगवान राम र सीताकाे विधिपूर्वक विवाह महाेत्सव हुँदै।

मंसिर २१ जनकपुर , प्रत्येक बर्ष मंसिर शुल्क सञ्चमीकाे दिन त्रेता युगमा भगवान राम र सीताकाे विवाह भएकाे सम्झनामा मिथिलाकाे प्राचीन राजधानी जनकपुरधाममा भगवा राम र सीताकाे पुजा आराधना गरि आज विधिपूर्वक विवाह महाेत्सव हुँदै छ ।
  गाेस्वामी तुलसीदासले रामायणमा उल्लेख गरेअनुसार जनकनन्दनी सीताकाे विवाह भएकाे दिनलाई सम्झेर मिथिलावासीले याे पर्वलाई आजकै दिनमा हरेक वर्ष विशेष  महाेत्सवकाे रूपमा मनाउने गर्दछ, त्रेतायुगमा मिथिला राज्यका राजा जनकले आफ्नी छाेरी सीताकाे स्वयंवरका लागि राखिएको शिव धनुषलाई अयाेध्याका राज दशरथका जेठा छाेरा रामले तीन टुक्रापारि शिव धनुषलाई भाँचेपछि मंसिर शुक्ल पञ्चमीकाे दिन राम र सीताको भव्य समाराेहबीच विवाह सम्पन्न भएकाे थियाे ।
रामायणमा उल्लेख भए अनुसार जनकपुरधामकाे रङ्गभूमिमा आयाेजना गरिएकाे स्वयंवरमा ५६ काेटी देवीदेवताकाे उपस्थिति रहेकाे विश्वास गरिन्छ ,सीतालाई चेलीबेटीकाे रूपमा मान्ने मिथिलावासी महाेत्सवमा देवीदेवताकाे सहभागीता अदृश्यरूपमा हुने विश्वासले हर्षाेल्लासका साथ प्रतिछाया जन्तीकाे आगमन देखि विवाह सम्ममा सहभागी हुन्छन् , महाेत्सव मनाउने क्रममा मिथिलाकाे संस्कृति अनुसार मटकाेर तिलकाेत्सव स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ ।
 पाैराणिक मान्यता अनुसार राम मन्दिर बाटबाजागाजा सहित भगवान रामकाे प्रतिमालाई विशेष रूपमा निर्मित डाेला सिंहासनमा राखी रङ्गभूमिमा लगिन्छ, त्यस्तै जानकी मन्दिर बाट सीतालाई सुसज्जित डाेलीमा राखी रङ्गभूमिमा लगि स्वयंवरविधि परीक्षणकाे वैवाहिक विधि सम्पन्न भएपछि भगवान राम र सीतालाई जानकी मन्दिरमा लगियपछि मिथिला संस्कृति अनुसार विवाह सम्पन्न भएकाे मानिन्छ ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु