आईतवार ११ आश्विन, २०८३ (Sunday September 27, 2026)

प्रतिकूल मौसमले रोकियो प्रदीप–सनिशाको ‘शुभ विवाह’को छायांकन

शनिबार १० आश्विन, २०८३ Bichar Batika 1178


प्रतिकूल मौसमले रोकियो प्रदीप–सनिशाको ‘शुभ विवाह’को छायांकन

असाेज १० काठमाडौं । छायांकनको अन्तिम चरणमा पुगेको चलचित्र ‘शुभ विवाह’को सुटिङ प्रतिकूल मौसमका कारण तीन दिनका लागि रोकिएको छ।
सुदर्शन थापा निर्देशित चलचित्रको असोज ९, १० र ११ गतेको छायांकन स्थगित गरिएको निर्माता सुप्रिया कटुवालले विज्ञप्तिमार्फत जानकारी दिएकी छन्।
४५ दिनको छायांकन तालिकासहित पोखराबाट सुटिङ सुरु गरिएको चलचित्रको अधिकांश काम सम्पन्न भइसकेको निर्माण पक्षले जनाएको छ। बाँकी छायांकन पनि अन्तिम चरणमा पुगेका बेला मौसम प्रतिकूल भएपछि निर्माण टोलीले तत्कालका लागि सुटिङ रोक्ने निर्णय गरेको हो।
निर्माण पक्षले कलाकार तथा प्राविधिक टोलीको सुरक्षा र सहजतालाई पहिलो प्राथमिकता दिँदै छायांकन स्थगित गरिएको स्पष्ट पारेको छन् ,प्रदीप खड्का र सनिशा भट्टराई मुख्य भूमिकामा रहेको चलचित्रको बाँकी छायांकन मौसममा सुधार आएपछि पुनः सुरु गरिने जनाइएको छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु