शनिबार २७ मंसिर, २०८२ (Saturday December 13, 2025)

गाेठगाउँ सराेकार समाजकाे स्थापना दिवसको अवसरमा रक्तदान सगै विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सम्मान ।

शनिबार २० पुष, २०८१ डि वि श्रेष्ठ 2125


गाेठगाउँ सराेकार समाजकाे  स्थापना दिवसको अवसरमा रक्तदान सगै विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सम्मान ।

पूष २० काठमाडौं , गाेठगाउँ सराेकार समाजको छैटौं  स्थापना दिवसको अवसरमा ब्लड डाेनर्स एसाेसिएशन नेपाल ( ब्लाेदान) पूर्वी भेगीय क्षेत्र  काेटेश्वरकाे सहकार्य तथा कान्तिपुर अस्पताल रक्त सञ्चार सेवाकाे प्रविधिक सहयाेगमा  खुल्ला रक्तदान कार्यक्रम तथा रवि रिमाल, विरेन्द्रमान श्रेष्ठ , जनक कुमार खड्का र राजेश श्रेष्ठलाई दाेसल्ला ओडाएर सम्मान गरेकाे थियाे भने चन्द्रावती कार्की , दिनेशराज कार्की र रमेशकुमार बाेहाेरालाई दाेसल्ला ओडाएर सम्पान पत्र सहित सम्मान गरेकाे थियाे ।


    गाेठगाउँ सराेकार समाजले ब्लाेदान पूर्वी भेगीय क्षेत्रकाे अध्यक्ष पदमा निर्वाचित रवि रिमाल, ब्लाेदान केन्द्रीय सदस्य पदमा निर्वाचित विरेन्द्रमान श्रेष्ठ र जनक कुमार खड्का, ब्लाेदान केन्द्रीय अध्यक्ष पदमा निर्वाचित राजेश श्रेष्ठ , मखमली फाउन्डेसन द्वारा आयाेजीत राष्ट्रव्यापी नृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल चन्द्रावती कार्की , कम्प्युटर एसाेसिएशन नेपाल  महासंघ (क्यान महासंघ ) काे १५ औं   महाधिवेशन बाट केन्द्रीय कार्यकारिणी सदस्य पदमा निर्वाचित हुन सफल भएकाेमा दिनेशराज कार्की र नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाकाे २७ औं महाधिवेशन बाट सचिव पदमा निर्वाचित  हुन सफल भएकाेमा रमेशकुमार बाेहाेरालाई सम्मान गरेकाे थियाे ।

 


   गाेठगाउँ सराेकार समाजको अध्यक्ष संजय कुमार थापाकाे अध्यक्षतामा तथा ब्लड डाेनर्स एसाेसिएशन नेपाल ( ब्लाेदान) काे केन्द्रीय अध्यक्ष राजेश श्रेष्ठको प्रमुख आतिथ्यतामा आयाेजना गरिएकाे रक्तदान तथा सम्मान कार्यक्रममा सम्मानित दिनेशराज कार्की , रमेशकुमार बाेहाेरा, विचार वाटिका मिडिया प्रा.लि.का अध्यक्ष  दिल बहादुर श्रेष्ठ , फिल्म शाला टिभिका अध्यक्ष श्रीहरि श्रेष्ठ , नेपाल रेडक्रस साेसाइटी रामेछाप जिल्ला शाखाका मन्त्री दुर्गा बहादुर श्रेष्ठ , ब्लाेदान पूर्वी भेगीय क्षेत्रका अध्यक्ष  रवि रिमाल, ब्लाेदान केन्द्रीय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि राजेश श्रेष्ठले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे ।

 


  गाेठगाउँ सराेकार समाजले प्राविधिक सहयाेग ,सहकार्य गर्ने संस्थाहरू र स्थान उपलब्ध गराउनु हुने संस्थालाई टाेकनअफ लभ, आर्थिक सहयाेग गर्नुहुने दाताहरू लाई मायाको चिनाे, स्वयंसेवकहरू लाई प्रशंसा - पत्र तथा रक्तदाताहरू लाई प्रशंसा - पत्र सगै मायाको चिनाेले सम्मान  गरेकाे थियाे ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु