बिहीबार ७ चैत्र, २०८१
चैत ७ काठमाडौं , नेकपा ( एमाले ) रामेछाप - काठमाडौं सम्पर्क मञ्च तथा गाेकुलगंगा- काठमाडौं सम्पर्क मञ्चको पहलमा संकलित आर्थिक सहयाेग रकम गाेकुलगंगा गाउँपालिका वडा नं. ५ नामाडी निवासी साङ्बु तामाङलाई हस्तान्तरण गरिएकाे छ ।

टाउकाको अप्रेसन गरि सुमेरू अस्पतालमा उपचार गराहि रहेकाे तामाङको उपचारमा धेरै खर्च भएकाे र आर्थिक अवस्था पनि कमजाेर रहेकाेले नेकपा ( एमाले) रामेछाप - काठमाडौं सम्पर्क मञ्च , गाेकुलगंगा - काठमाडौं सम्पर्क मञ्चको पहलमा सम्पर्क मञ्चमा आबद्ध रहेकाे विभिन्न सहयाेगीहरू बाट संकलित रू ३२ हजार २ सय ७६ ।- र वैदेशिक राेजगारीमा रहेकाे व्यक्तिहरूबाट संकलित रू १४ हजार २ सय २२ ।- गरि एक मुष्ट सहयाेग रकम रू ४६ हजार ५ सय नेकपा ( एमाले) बागमती प्रदेश सम्पर्क कमिटी सदस्यहरू सिताराम खड्का , शुभाष चन्द्र खत्री , रामेछाप - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रवीन्द्र ) निवर्तमान सदस्य प्रदिप थापा , गाेकुलगंगा - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष मुक्ति प्रसाद दाहाल अभिषेक लगायतको उपस्थितिमा रामेछाप - काठमाडौं सम्पर्क मञ्चको उपसचिव रमेश खड्काले बिरामीको आफन्तलाई सहयाेग रकम हस्तान्तरण गरेकाे खड्काले विचार वाटिकालाई जानकारी गराउनु भयाे ।

