मंगलवार ६ आश्विन, २०८३ (Tuesday September 22, 2026)

विद्युुत् सट भएर रामेछापको सैपुमा एक घर जलेेर नष्ट ।

आईतवार २८ बैशाख, २०८२ Bichar Batika 1803


विद्युुत् सट भएर रामेछापको सैपुमा एक घर जलेेर नष्ट ।

बैशाष २८  रामेछाप , रामेछाप जिल्लाकाे लिखुतामाकाेसी गाउँपालिका वडा नं. २ सैपुमा विद्युत् सट भएर आगलागी हुदा एक घर जलेर नष्ट 
 भएकाे छ ।
   विद्युत् सट भएर गयराती आगलागी हुँदा लिखुतामाकाेसी -२ सैपुका  स्थानीय चन्द्र बहादुर पौडेलको घर पूर्ण रूपमा जलेर नष्ट भएकाे र घरमा लागेकाे आगाे निभाउने क्रममा चन्द्रबहादुर पाैडेल घाइते भएकाेल लिखुतामाकोसी –२ सैपुका वडा अध्यक्ष सन्तोष पौडेलले जानकारी गराउनु भयो ।
 पौडेलाई बेहोस अवस्थामा उद्धार गरी  सदरमुकाम मन्थली स्थित मन्थली अस्पतालमा उपचार भइरहेको समेत अध्यक्ष पाैडेलले  विचार वाटिकालाई जानकारी गराउनु भयो ।
स्थानीयहरूकाे अनुसार घाइते भएका पौडेललाई आगलागी भएपछि घरमा पालिएको मौरीले पनि टोकेर बेहाेस भएकाे समेत हुन  सक्ने बताएको छ, जानकारीमा आए अनुसार पाैडेलकाे  घरमा  याे दाेस्राे पटक विद्युत् सट भएर  आगलागी भएको थियाे ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु