आईतवार २५ जेष्ठ, २०८२
जेष्ठ २५ काठमाडौं ,विश्व रक्तदाता दिवस २०२५ काे अवसरमा ब्लड डोनर्स एशोसिएसन नेपाल (ब्लोदान)
पुर्वी भेगीय क्षेत्रको आयोजनामा जेष्ठ २४ गते शनिवार वाकाथन प्रतियोगिता सम्पन्न भएको छ ।

ब्लाेदान पुर्वी भेगीय क्षेत्रकाे अध्यक्ष रवि रिमालकाे सभापतित्वमा , ब्लाेदानका केन्द्रीय सल्लाहकार सदस्य तथा ब्लाेदान पुर्वी भेगीय क्षेत्रका संस्थापक अध्यक्ष लाेक नारायण सुवेदीको प्रमुख आतिथ्यतामा आयाेजीत साता व्यापी कार्यक्रम अन्तर्गत हिजाे जेष्ठ २४ गते विहान ७:०० बजे वाकाथन तथा रक्तदान सम्बन्धि जनचेतनामूलक स्मारिका लाेकार्पण कार्यक्रमकाे आयाेजना गरेकाे थियाे ।
‘रक्तदान गरौं, आशा जगाऔं, सबै मिली जीवन बचाऔं’ भन्ने मुख्य नाराकाे साथ वाकाथन प्रतियोगीतामा पुर्वी भेगीय क्षेत्रका विभिन्न संस्थागत विद्यालय तथा सामुदायीक विद्यालयका विद्यार्थी लगायत सर्व साधारणहरुको सहभागीता रहेको थियो वाकाथन प्रतियोगीता लाई दुई समूहमा विभाजन गरि १५ वर्ष भन्दा मुनिका लागी तिनकुने द एभरेष्ट मम बाट वानेश्वर पुगि पुन: तिनकुनेमा आहि सम्पन्न भएको थियो भने १५ वर्ष माथीका लागी तिनकुनेबाट शुरु भइ माइतीघर मण्डलामा पुगि पुन तिनकुने सम्मको रुट निर्धारण गरिएकाे थियो ।
वाकाथन प्रतियोगितामा १५ वर्ष मुनिकाेमा प्रनिस राई ग्रामर स्कुलले प्रथम , दितीयमा अदितिया खड्का ,तृतियमा ग्रामर स्कुलकै सुभम श्रेष्ठ र सान्त्वना निवान सुवेदी भएकाे थिए, त्यस्तै १५ वर्षमाथीकाे समूहमा प्रथम सुशिल अधिकारी दितिय आयुष तामाङ ,तृतिय भक्त बहादुर वली र सान्त्वना सस्मीत पोखरेल भएका थिय ।
विजयी हुने खेलाडीहरुलाइ प्रमुख अतिथि सुवेदी तथा पुर्वी भेगीय क्षेत्रका अध्यक्ष रवि रिमालले नगद पुरस्कार सहित सिल्ड, ब्लोदान डायरी, र रक्तदान सम्बन्धी जनचेतना जगाउने स्मारिका प्रदान गरीएको थियो ।

सोही अवसरमा प्रमुख अतिथी सुवेदी, कार्यक्रमका सभापति रिमाल ,केन्द्रिय सदस्य जनक खड्का संयोजक माधव खड्का, ब्लोदान काठमाडौं जिल्लाका अध्यक्ष तिलक बहादुर अधिकारीले संयूक्त रुपमा ब्लाेदान पूर्वी भेगीय क्षेत्र द्वारा प्रकाशित रक्तदान सम्बन्धि जनचेतनामूलक स्मारिका समेत लोकार्पण भएकाे पुर्वी भेगीय क्षेत्रकाे अध्यक्ष रिमालले जानकारी गराउनु भयाे ।
विश्व रक्तदाता दिवसका अवसरमा प्रकाशीत ब्लोदान स्मारिका लगायत वाकाथुन प्रतियोगीतामा विशेष सहयोग गर्नुहुने सहयोग दाताहरुलाइ मायाको चिनो समेत प्रदान गर्दै ब्लोदानको सहयोगमा आगामी जेठ ३० गते शुक्रवार कोटेश्वर चोकमा कोटेश्वर व्यवसायी संघको आयोजनामा बृहद रक्तदान कार्यक्रम हुन गहिरहेकले सबैको सहभागीताको लागी ब्लोदान पुर्वी भेगीय क्षेत्रका अध्यक्ष रिमालले अनुराेध। समेत गरीएको थियाे ।
कार्यक्रमलाई सचिव संगीता शर्माले सञ्चालन गर्नुकाे साथै सदस्य तिलक बहादुर श्रेष्ठ (नरेश)ले शुभकामना मन्तव्य राख्नु भएको थियो ।