सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

भिजिट भिसा प्रकरण बारे पूर्व मुख्यसचिवकाे नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन ।

मंगलवार १० असार, २०८२ Bichar Batika 1639


भिजिट भिसा प्रकरण बारे पूर्व मुख्यसचिवकाे नेतृत्वमा उच्चस्तरीय  छानबिन समिति गठन ।

असार १० काठमाडौं , मन्त्री परिषद्काे साेमबार साझ बसेकाे बैठकले भिजिट भिसा प्रकरणबारे छानबिन गर्न पूर्व मुख्यसचिव शंकरदास वैरागीकाे नेतृत्वमा उच्चस्तरीय  छानबिन समिति गठन गरेको छ ।

पूर्व मुख्यसचिव वैरागीकाे नेतृत्वको समितिकाे सदस्यहरूमा  गृह मन्त्रालयका सचिव गोकर्णमणी दुवाडी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरी पुस्कर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ, परराष्ट्र मन्त्रालयका सचिव अमृतकुमार राई लगायत रहेकाे एक मन्त्रीले जानकारी दिनु भयाे ।

गृहमन्त्री  रमेश लेखकको राजीनामा माग गर्दै रास्वपा र राप्रपाले संसदमा विरोध गर्दै आहिरहेकाेले  प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकाे सहमतिअनुुसार उच्चस्तरीय समिति गठन गरिएको हो ,समितिलाई उक्त प्रकरणमा अध्ययन गरेर प्रतिवेदन बुझाउन तीन महिनाको समय दिइएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु