बुधबार ९ बैशाख, २०८३ (Wednesday April 22, 2026)

एभरेस्ट स्कुलमा सृजनात्मक विज्ञान प्रदर्शनीकाे आयाेजना ।

शुक्रबार २० असार, २०८२ Bichar Batika 1649


एभरेस्ट स्कुलमा सृजनात्मक विज्ञान प्रदर्शनीकाे आयाेजना ।

असार २० भक्तपुर ,विज्ञान पढेर होइन गरेर सिकिन्छ भन्ने प्रेरणादायी मूल आदर्श वाक्यका साथ एभरेस्ट स्कुलले विज्ञान क्षेत्रको अग्रणी संस्था न्यात-पोलको सहकार्यमा एक विशेष विज्ञान तथा प्रविधि प्रदर्शनी आयोजना कार्यक्रम सम्पन्न भएकाे छ। 

कार्यक्रमले बालबालिकामा रहेको वैज्ञानिक सोच, सिर्जनात्मकता, र प्राविधिक दक्षतालाई उजागर गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वासको लिएकाे छ,
उक्त प्रदर्शनीमा कक्षा २, ३ र ८ का विद्यार्थीहरूले आ–आफ्ना सृजनात्मक कार्यहरू प्रस्तुत गरेका थिय।
प्रदर्शनीमा बालबालिकाले आफ्नै प्रयासमा तयार गरेका वैज्ञानिक उपकरणहरू, प्रयोगात्मक नमुनाहरू, तथा दैनिक जीवनसँग सम्बन्धित नवीन आविष्कारहरू प्रस्तुत गरिएको थियो।कक्षा २ र ३ का नानीहरूले बनाएका सरल यन्त्रहरू, वातावरणीय सन्देशयुक्त चित्रहरू, रिसाइक्लिङ मेशिन मोडल, तथा हातले चलाउने सामग्रीहरू निकै आकर्षक  थिए। त्यस्तै, कक्षा ८ का विद्यार्थीहरूले सोलार सिस्टम मोडेल, जल शुद्धीकरण विधि, ऊर्जा रूपान्तरणको प्रक्रिया, र सेन्सर प्रविधि प्रयोग जस्ता उन्नत स्तरका वैज्ञानिक प्रयोगहरू प्रस्तुत गरी सबैको ध्यान तान्न सफल भएकाे थियोे ।

प्रदर्शनीको अर्को विशेष पक्ष भनेको अभिभावकहरूको सक्रिय सहभागिता हाे ।आफ्ना बालबालिकाले  बनाएका सामग्रीहरू हेरेर अभिभावकहरू उत्साहित भए र प्रश्नहरू गरी विद्यार्थीहरूको ज्ञानको स्तर र बुझाइको प्रशंसा गरे। विद्यार्थीहरू आफ्ना सिर्जनात्मक प्रयोगहरू आफ्नै अभिभावक तथा अन्य अतिथिहरू समक्ष प्रस्तुत गर्न पाउँदा उत्साहले भरिएका देखिन्थे। 
यस्तो अवसरले उनीहरूमा आत्मविश्वास र अभिव्यक्तिको क्षमता बढाउने मात्र नभई वैज्ञानिक सोचको विकासमा समेत टेवा पुर्‍याएको देखियो।
कार्यक्रमको उद्घाटन गर्दै स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले विज्ञानको विकास विना राष्ट्रको समग्र विकास सम्भव नरहेको उल्लेख गर्नुभयो। 
यस्ता प्रदर्शनीहरूले विद्यार्थीहरूमा विज्ञान र अनुसन्धानप्रति रुचि जगाउँछ। तिनको सोचलाई व्यवहारिक बनाउने वातावरण प्रदान गर्नुपर्छ र यिनै प्रयासहरूबाट भविष्यका वैज्ञानिकहरू जन्मिन्छन्।"

उक्त प्रदर्शनीले देखाएको उत्साह, रचनात्मकता र भविष्यमा वैज्ञानिक सोच विकास गर्ने वातावरणले सबैको मन जितेको थियो। विद्यार्थी, शिक्षक, अभिभावक र आगन्तुकहरू सबैले कार्यक्रममा सक्रिय सहभागिता जनाई एभरेस्ट स्कुलको शैक्षिक दृष्टिकोण र व्यावहारिक शिक्षामा जोड दिने प्रयत्नको सराहना गरे।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु