आईतवार २८ भाद्र, २०८३ (Sunday September 13, 2026)

गाेठगाउँ सराेकार समाजले खुल्ला रक्तदान कार्यक्रमकाे आयाेजना गर्दै ।

शुक्रबार २० भाद्र, २०८२ डि बि श्रेष्ठ 1881


गाेठगाउँ सराेकार समाजले खुल्ला रक्तदान कार्यक्रमकाे आयाेजना गर्दै ।

भदौ २० काठमाडौं , गाेठगाउँ सराेकार समाजले  खुल्ला रक्तदान कार्यक्रमकाे आयाेजना गर्न गहिरहेकाे ।
 यहि भदाै २१ गते शनिवार ( भाेली) ब्लड डाेनर्स एसाेसिएशन नेपाल ( ब्लाेदान) काे सहकार्य तथा कान्तिपुर अस्पताल रक्त सञ्चार सेवाकाे प्रविधिक सहयाेगमा काठमाडौं महानगरपालिका वडा नं.४ धुम्बाराही शंखपार्कमा दिउसाे १२.३० बजे देखि ४.३० बजेसम्म खुल्ला रक्तदान कार्यक्रम गर्न गहिरहेकाे गाेठगाउँ  सराेकार समाजकाे सल्लाहकार सदस्य तथा रक्तदान कार्यक्रमकाे संयाेजक खिल बहादुर श्रेष्ठले विचार वाटिकालाई जानकारी गराउनु भयाे ।
गाेठगाउँ सराेकार समाजले यस अघि पनि वर्षकाे दुई चाेटी रक्तदान कार्यक्रमकाे आयाेजना गर्नुकाे साथै ब्लड आवश्यक परेकाे बिरामीलाई ब्लड उपलब्ध गराउन सहजीकरण गर्ने लगायत विभिन्न सामाजिक कामहरू गर्दै आहिरहेकाे समेत संयाेजक श्रेष्ठले जानकारी गराउनु हुँदै सम्पूर्ण सहयाेगी रक्तदाताहरू लाई भाेली भदाै २१ गते शनिवार दिउसाे शंखपार्कमा उपस्थितिभै स्वास्थ्यले साथ दिएमा रक्तदान कार्यमा सहभागी हुन समेत अनुराेध गर्नु भयाे ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु