सोमबार १८ जेष्ठ, २०८३ (Monday June 01, 2026)

मष्तिक राेग बाट ग्रसित श्रेष्ठलाई गाेठगाउँ सराेकार समाजकाे पहलमा छ लाख भन्दा बढि आर्थिक सहयाेग हस्तान्तरण ।

शनिबार २८ असार, २०८२ डि बि श्रेष्ठले 1866


मष्तिक राेग बाट ग्रसित श्रेष्ठलाई गाेठगाउँ सराेकार समाजकाे पहलमा छ लाख भन्दा बढि आर्थिक सहयाेग हस्तान्तरण ।

असार २८ काठमाडौं ,गाेठगाउँ सराेकार समाजकाे आजीवन सदस्य सुमन श्रेष्ठकाे धर्मपत्नी मिना श्रेष्ठलाई गाेठगाउँ सराेकार समाज द्वारा संकलित आर्थिक सहयाेग रकम छ लाख दुई हजार सात सय तेह् रूपैयाँ संस्थाका पदाधिकारी तथा आजीवन सदस्यहरूकाे उपस्थितिमा गाेठगाउँ सराेकार समाजकाे अध्यक्ष संजय कुमार थापाले हस्तान्तरण गर्नु भएकाे छ ।

  मिना श्रेष्ठ लामाे समय देखि मष्तिक सम्बन्धि जटिल राेग बाट पिडित भई पाटन हस्पिटल ,त्रि.वि. हस्पिटल महाराजगन्ज हुँदै वीर हस्पिटल लगिएकाे तर वीर हस्पिटलमा उपचार नहुने भएपछि हस्पिटलले रिफर गरि अन्नपूर्ण न्यूराे हस्पिटलमा पठाएकाे र अन्नपूर्ण न्यूराे हस्पिटलमा महङ्गो उपचार गराउ पर्दा आर्थिक अभाव भएकाेले गाेठगाउँ सराेकार समाजलाई आजीवन सदस्य सुुमन श्रेष्ठले सकेकाे आर्थिक सहयाेगकाे गरिदिन गरेकाे अनुराेधलाई आत्मासात गर्दै गाेठगाउँ सराेकार समाजले गय हप्तादेखि मिना श्रेष्ठको लागि आर्थिक सहयाेग अभियान सञ्चालन गरिएकाे थियाे ,सहयाेग अभियानमा बिदेश  बाट छत्र बहादुर श्रेष्ठ ( रविन) लगायत सहयाेगी व्यक्तिहरू साेलुखुम्बुबाट मिलन थापा मगर लगायत सहयाेगी व्यक्तिहरू लगायत गाेठगाउँ सराेकार समाजकाे पदाधिकारीहरू आजीवन तथा सल्लाहकार सदस्यहरू  तथा आजीवन सदस्यहरूकाे विषेश पहमा  गाेठगाउँ सराेकार समाजले छ लाख दुई हजार सात सय तेह् रूपैया संकलन गरि हस्तान्तरण गर्न सफल भएकाे गाेठगाउँ सराेकार समाजकाे सहसचिव कुमार श्रेष्ठले विचार वाटिकालाई जानकारी गराउनु भयाे ।

सहयाेग रकम हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष संयज कुमार थापाले संस्थाले विगतमा पनि धेरै  बिरामीलाई आर्थिक सहयाेग गर्दै आहिरहेकाे जानकारी गराउनु हुँदै संस्थाले चलायकाे आर्थिक सहयाेग अमियानमा संस्थालाई  विश्वास गरे विभिन्न ठाउँबाट आर्थिक सहयाेग गर्नुहुने सहयाेग दाताहरू लाई धन्यवाद व्यक्त गर्नु भयाे ।
संस्थाका आजीवन सदस्य बिरामीको श्रीमान सुमन श्रेष्ठले आफ्नाे परिवारकाे उपचारको लागि आर्थिक सहयाेग गर्नुहुने गाेठगाउँ सराेकार समाज लगायत सम्पूर्ण सहयाेग दाताहरू लाई धन्यवाद व्यक्त गर्नु भयाे ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु