बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

रामेछाप -काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजीत एक महिने नि:शुल्क माेबाईल मर्मत तालिम सम्पन्न ।

बिहीबार १ श्रावण, २०८२ डि बि श्रेष्ठ 1519


रामेछाप -काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजीत एक महिने नि:शुल्क माेबाईल मर्मत तालिम सम्पन्न  ।

साउन १ काठमाडौं , नेकपा ( एमाले ) रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजीत एक महिने नि:शुल्क माेबाईल मर्मत तालिम सम्पन्न भएकाे छ ।

 जेठ ३१ गते शनिवार नेकपा ( एमाले ) का केन्द्रीय सदस्य तथा बागमती प्रदेश सम्पर्क कमिटीको इन्चार्ज सरस्वती बस्नेतको प्रमुख  आतिथ्यतामा एक कार्यक्रमकाे आयाेजना गरि उद्घाटन गरिएकाे माेबाईल मर्मत कार्यक्रम असार ३२ गते बुधबार सहभागी प्रशिक्षार्थीहरू लाई रामेछाप - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष लगायत पदाधिकारीको उपस्थितिमा  माैखित र प्राक्टिकल परिक्षा लिई समापन भएकाे र सहभागी प्रशिक्षार्थीहरू मध्य माैखित तथा प्राक्टिकलमा जनक कल्याण घिमिरे उत्कृष्ट भएकाे रामेछाप - काठमाडौं सम्पर्क मञ्चको उपसचिव तथा कार्यक्रम  संयाेजक रमेश खड्काले विचार वाटिकालाई जानकारी गराउनु भयाे ।

 असार  ३२ गते बुधबार  कार्यक्रम समापन भएतापनि साउन सात गते पुष्पलाल श्रेष्ठको ४७औं स्मृति दिवसको अवसरमा किर्तिपुर चम्पादेवि स्थित पुष्पलाल पार्कसम्म पद यत्रा तथा नि:शुल्क एक महिने माेबाईल मर्मत तालिमको  समापन कार्यक्रमकाे आयाेजना गरि सहभागी प्रशिक्षार्थीहरू लाई प्रमाणपत्र तथा  प्रशिक्षक र उत्कृष्ट प्रशिक्षार्थी लाई मायाकाे चिनाे वितरण गर्ने कार्यक्रम तय भएकाे  संयाेजक खड्काले बताउनु भयाे ।

 नियमित उपस्थितिभै प्रशिक्षण लिने प्रशिक्षार्थीहरू मध्ये केहिले आफै व्यापार व्यवसाय गर्ने साेच बनाई सकेकाे र केही प्रशिक्षार्थीहरू लाई जागिरको समेत व्यवस्थापन गरिदिइ सकेकाे समेेत संयाेजक खड्काले जानकारी गराउनु भयाे ।

  भिडियो सहित 

  तस्बिर :- ,रमेश खड्का ,




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु