शुक्रबार ३० श्रावण, २०८२
साउन ३० काठमाडौं,नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनमा आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुँदैछ।
अहिले महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्तावमाथि सुझाव संकलन गर्ने काम तिव्ररूपमा भइरहेको र पार्टीले सुझाव संकलनका लागि देशभर पार्टीका विभिन्न जिल्ला प्रदेशलगायत कमिटी र गैरभूगोलका कमिटीका बैठक आयोजना गरी विधान संशोधन प्रस्तावमाथि सुझाव संकलन गरिरहेको छ।
मानव अधिकार एलाइन्सले कार्यशालानै सञ्चालन गरि सुझाव लिनेकाम गरिरहेकाे छ ,एलाइन्सका अध्यक्ष विदुर सुवेदीको अध्यक्षतामा भएको कार्यशालामा सहभागी पार्टी स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल र केन्द्रीय कमिटी सदस्य तथा मानव अधिकार एलाइन्सका इञ्चार्ज विष्णु रिजालले विधान संशोधन प्रस्तावका बारेमा स्पष्ट गर्दै थप सुझाव राख्न आग्रह गर्नु भएकाे थियाे ,कार्यशालालाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य ढकालले विधानका सम्बन्धमा पार्टीभित्र विवाद सिर्जना गर्न खोजिए पनि त्यसलाई समाधान गरिएको बताए। उनले पार्टीमा विवाद र विग्रह सिर्जना गर्ने प्रयास भए पनि त्यो सफल नहुने तथा पार्टी एकताबद्ध भएर अगाडि बढ्ने बताउनु भयाे ।
केन्द्रीय सदस्य रिजालले पार्टी नेतृत्व आवश्यकताले निर्माण गर्ने जिकिर गर्दै अहिले पार्टीमा केपी शर्मा ओलीको नेतृत्व आवश्यक रहेको स्पष्ट गरे। उनले नेतृत्व निर्माणका लागि उमेरहद सर्वकालिक सिद्धान्त हुन नसक्ने स्पष्ट गर्दै नेपाली कांग्रेस जस्तो ठूलो प्रजातान्त्रिक पार्टीलेसमेत नेतृत्व स्वीकार गरिरहेको अवस्थामा अध्यक्ष ओलीको विकल्प सोच्न नसकिने धारणा राख्नु भयाे ।
एलाइन्सका अध्यक्ष सुवेदीको अध्यक्षतामा भएको कार्यशालामा सहभागीहरूबीच समूहगत छलफल गरी सुझाव संकलन गरिएको थियो। पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तयार गरिएको विधान संशोधन प्रस्ताव पार्टीको सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकबाट पारित भई सुझावका लागि मातहतका कमिटीमा पठाइएको हो।