शनिबार २४ आश्विन, २०८३ (Saturday October 10, 2026)

हिमाल कलेज अफ म्यानेजमेन्ट र डाइनामिक एकेडेमीको पाेखरामा स्वागत कार्यक्रम ।

आईतवार ८ भाद्र, २०८२ Bichar Batika 1480


हिमाल कलेज अफ म्यानेजमेन्ट र डाइनामिक एकेडेमीको पाेखरामा स्वागत कार्यक्रम ।

भदौ ८ पाेखरा ,हिमाल कलेज अफ म्यानेजमेन्ट र डाइनामिक एकेडेमीको पाेखरामा स्वागत कार्यक्रम सम्पन्न भएकाे छ ।

पोखराको दिपेन्द्र सिटी हलमा हिमाल कलेज अफ म्यानेजमेन्ट र डाइनामिक कक्षा ११ तथा विद्यालयका विद्यार्थीलाई लक्षित गरी भव्य स्वागत कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल, विशेष अतिथि राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र एन–पाब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र मोहन भट्टराईलगायतले विद्यार्थी र अभिभावकलाई शुभकामना दिएका थिए।

अतिथिहरूले विद्यार्थीलाई अनुशासन, आत्मविश्वास र गुणस्तरीय शिक्षाको महत्वबारे सन्देश दिँदै अभिभावकलाई उत्कृष्ट शिक्षालय रोजेकोमा धन्यवाद व्यक्त गरे।कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिनुका साथै विद्यार्थीबीच ट्यालेन्ट शो प्रतियोगिता समेत आयोजना गरिएको थियो।सहायक क्याम्पस प्रमुख लिला पराजुली र विद्यार्थी प्रवेश यादवले सञ्चालन गरेको कार्यक्रमको समापन कलेजका अध्यक्ष चेतनाथ भण्डारीले गर्नुभयो।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु