बिहीबार १० बैशाख, २०८३ (Thursday April 23, 2026)

काठमाडौं र उपत्यका बाहिर जेनजी क्लिनिक सञ्चालन गर्दै ।

आईतवार १२ आश्विन, २०८२ Bichar Batika 1394


काठमाडौं र उपत्यका बाहिर जेनजी क्लिनिक सञ्चालन गर्दै ।

असाेज १२ काठमाडौँ ,  सरकारले काठमाडौँ  र काठमाडौं उपत्यकाबाहिर  भदौ २३ र २४ गतेकाे जेनजी आन्दोलनमा घाइते भएकाे व्यक्तिहरूलाई  पहिचान गरि ‘जेनजी क्लिनिक’ सञ्चालन गर्ने भएको छ ।
सरकारले आन्दोलनको  क्रममा घाइते भएका व्यक्तिको पहिचान गरि  प्रभावकारी उपचारका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत अस्पताल तोकी क्लिनिक सञ्चालन गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले घाइते भएका व्यक्तिलाई तोकिएका अस्पतालमा सहजीकरण गर्न गृह र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सम्पर्क व्यक्ति तोक्नेछ ।
घाइतेको वर्गीकरण गर्न उपचारमा संलग्न अस्पतालको विषयविज्ञ चिकित्सकको संयोजकत्वमा कार्यदल गठन गरी सम्बन्धित अस्पतालमार्फत कार्य प्रारम्भ गरिने मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु