शनिबार २७ मंसिर, २०८२ (Saturday December 13, 2025)

गणेश कुमार प्रधानकाे कृति हाम्राे साँघुटार बजारकाे दाेस्राे संस्करण लाेकार्पण ।

आईतवार २३ कार्तिक, २०८२ डि बि श्रेष्ठ , 1446


गणेश कुमार प्रधानकाे कृति हाम्राे साँघुटार बजारकाे दाेस्राे संस्करण लाेकार्पण ।

कार्तिक २३ काठमाडौं , साहित्यकार ,समाजसेवी गणेश कुमार प्रधान ( श्रेष्ठ ) काे कृति हाम्राे साँघुटार बजारकाे दाेस्राे संस्करण लाेकार्पण भएकाे छ ।

 साँघुटार बजारका जिउदो इतिहास केदारमान भाैकाजीकाे प्रमुख आतिथ्यतामा नर्मदेश्वर सेवा समाज ओखलढुङ्गा- काठमाडौं तथा साँघुटार सेवा समाज - काठमाडौंले कार्तिक २२ गते शनिवार हाेटल एवान पार्टी प्यालेस शंखमुलमा एक कार्यक्रमकाे आयाेजना गरि साहित्यकार प्रधानकाे कृति हाम्रो साँघुटार बजार लाेकार्पण गरेकाे थियाे ।

लाेकार्पण कार्यक्रममा प्रमुख अतिथि भाैकाजी सगै विशेष अतिथिहरूमा साँघुटार बजारका अर्का जिउदाे इतिहास नारायणदास श्रेष्ठ , साहित्यकारहरू राजेश साम लेखाली ,चेतनाथ धमला , सराेज प्रधान ,धनराज थापा ,दिव्य गिरी लगायत विभिन्न क्षेत्रका वरिष्ठ व्यक्तित्वहरूकाे उपस्थित रहेकाे थियाे ।

कार्यक्रममा बाेल्ले सबै वक्ताहरूले साहित्यकार प्रधानकाे नेपाल लगायत कलकत्तामा बसेर समेत गरेकाे सामाजिक कार्यकाे प्रशंसा गर्दै शुभकामना दिउनु भएकाे थियाे ।
साहित्यकार प्रधानले यस अघि पनि हाम्राे साँघुटार बजारको पहिलाे संस्करण ,कलक्ता हामी र हाम्राे समाज , कलकत्तामा सृजनाका फुलहरू , समाजकाे शरण पर्छु, तीन चेली नाटक लगायत थुप्रै पुस्तकहरू लेखिसक्नु भएकाे छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु