बुधबार १७ मंसिर, २०८२
मंसिर १७ काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने स्राेतले कार्यालय जनाएकाे छ ।
हिजाे मंगलबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन दिएको परमादेशकाे प्रति प्रदेश प्रमुखको कार्यालयबाट मंगलबार तीन बजे प्राप्त भएकाले आज दिउँसो २ बजे विश्वासको मत लिन लागेको मुख्यमन्त्रीले पत्रकार सम्मेलनमा जानकारी गराउनु भयाे ।
मुख्यमन्त्री यादवले परमादेशको प्रति प्राप्त भएपछि आफुले विश्वासको मत लिने व्यवस्था मिलाउन प्रदेशसभामा पत्र पठाएको बताउनु हुदै सर्वोच्च अदालतले गरेको आदेशको पूर्णपालना गर्न आफू र आफ्नाे पार्टी तयार रहेको जिकिर समेत गर्नु भयाे । मुख्यमन्त्री यादवले सबै दलकाे सहयाेगमा विश्वासको मत लिन गहिरहेकाे बताउनु हुँदै विगतमा अन्य दलहरूलाई हाम्राे पार्टीले सहयाेग गरेकाेले अहिले मलाईल र हाम्राे पार्टी लाई पनि अन्य पार्टीले सहयाेग गरि मलाई विश्वासको मत दिने सम्भावना बलियो रहेको धारणा राख्नु भयाे ।