आईतवार १८ आश्विन, २०८३ (Sunday October 04, 2026)

विद्यार्थीहरू सगै महिला समुहलाई डिजिटल युगमा हुने हिंसाको बारेमा सचेतना कार्यक्रम ।

बुधबार २४ मंसिर, २०८२ Bichar Batika 1472


विद्यार्थीहरू सगै महिला समुहलाई डिजिटल युगमा हुने हिंसाको बारेमा सचेतना कार्यक्रम ।

मंसिर २४ ललितपुर ,लैगिक हिंसाविरुद्धको १६ दिने अभियन (नोभेम्बर २५ डिसेम्बर १०) अन्तर्गत ललितपुर जिल्ला महालक्ष्मीथान नगरपालिका अवस्थित श्री सिद्धिमंगल मा.वि.का बिद्यार्थीहरू , गाेदावरी नगरपालिका वडा नं. ५ लेलेको गणेश महिला समूह लगायतका विभिन्न स्कुलका विद्यार्थीहरुको साथै महिला समूहरुलाई डिजिटल युगमा हुने हिंसाको बारेमा विशेष सचेतना कार्यक्रम सम्पन्न भएको छ । 

शान्ति शिक्षा अभियान नेपाल र किन इन्डिया दिल्लीको संयुक्त आयोजनामा उक्त कार्यक्रमको लागि प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोबाटबाट प्र.स.नि प्रकृति खड्काले डिजिटल हिंसाबाट भइरहेको हिंसा र यसबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा जानकारी गराउनु भएको थियो ।

  विश्वकीर्तिमानी सगरमाथा आरोही तथा बाल विवाह रोकथाम र मानव बेचविखन विरुद्धको अभियानका सक्रिय अभियन्ता कल्पना महर्जनकाे संयाेजन तथा श्री सिद्धिमंगल माध्यमिक विद्यालयमा आयाेजना गरिएकाे सचेतना कार्यक्रमा अभियन्ता महर्जनले  समाजमा बाल विवाह तथा मानव बेचविखन पनि यस्तै सामाजिक सञ्जालको विभिन्न माध्यमहरुबाट समेत भूमिका खेलिरहेको कारण यस्तो खालको सचेतनाको कार्यक्रमहरु संचलन गर्नु अत्यन्तै आवश्यकता रहेको बताउनुभयो ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु