शुक्रबार ११ पुष, २०८२
पुष ११ चितवन , चितवन उद्योग संघ इच्छाकामना समिति र होटल व्यवसायी संघ इच्छाकामना एकाइको संयुक्त आयोजनामा मुग्लिन बजारमा आज देखि पुष १५ गतेसम्म दाेस्राे इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिबल भैरहेकाे छ ।
आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न पर्यटन प्रवन्धमा टेवा पुग्ने विश्वासका साथ महोत्सवको आयोजना गरिएको चितवन उद्योग संघ इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेलले बताउनु भयाे ।
महोत्सवमा सुन्तलाविज्ञ किसान र जनप्रतिनिधिहरुबीच अन्तरक्रिया हुने , सुन्तला खाने प्रतियोगितालगायत सुन्तलाखेती गर्ने किसान लक्षित विभिन्न कार्यक्रम हुने , महाेत्सवमा ५० भन्दा बढी स्टलहरू रहने , इच्छाकामनाका एक सयजना सुन्तला उत्पादन गर्ने किसानले आफ्नो उत्पादनको प्रत्यक्ष लाभ लिन सक्ने , महाेत्सवबाट स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवन्धन हुने विश्वास लिएको अध्यक्ष कँडेलले बताउनु भयाे ।
इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले ईच्छाकामना गाउँपालिकाकाे सुन्तला स्वादिष्ट हुने भएकाले बिक्री गर्न बजारको कुनै समस्या नरहेको र किसानहरूले सुन्तला उत्पादनबाट वार्षिक नौ करोडदेखि रु दस करोडको सम्मकाे कारोबार गर्ने गरेको बताउनु भयाे ।
पालिका अध्यक्ष गुरूङले सुन्तलाका बगैँचा जोगाउन र नयाँ क्षेत्र विस्तार गर्न गाउँपालिकाले प्रत्येक वर्ष बिरुवा वितरण गर्दै आएको छ , सुन्तला महोत्सव तथा फुड फेस्टिबलले पालिकाकाे पर्यटकीय क्षेत्रहरुको समेत प्रचारप्रसार गराउन सहयोग पुगेकाे महाेत्सवमा बताउनु भयाे ।