शनिबार १३ असार, २०८३ (Saturday June 27, 2026)

झापाली जनताले केपी ओलीकाे विरूद्वमा मतदान गरे ठूलाे पाप लाग्छ :- राजकुमार कार्की ।

बिहीबार ८ माघ, २०८२ Bichar Batika 1538


झापाली जनताले केपी ओलीकाे विरूद्वमा मतदान गरे ठूलाे पाप लाग्छ :- राजकुमार कार्की ।

माघ ८ झापा , झापाली जनताले केपी ओलीकाे विरूद्वमा मतदान गरे ठूलाे पाप लाग्ने झापाका एक युवा राजकुमार कार्कीले सामाजिक सञ्जालमा लख्नुभएकाे छ ।
 कार्कीले दमकमा औद्योगिक पार्क निर्माणका लागि रतुवा नदीले खाएको बगरलाई तत्कालीन केपी शर्मा ओली सरकारले एक अर्ब नौ करोड रुपैयाँभन्दा बढी मुआब्जा दिएको उल्लेख गर्दै  खोलाले खाएको जग्गाबाट लाखौँ पैसा पनि खाने, जमिनको उपभोग पनि आफैं गर्नेहरूले ओली विरुद्ध मतदान गरे सात गाई मारे साेसरकाे ठूलाे पाप लाग्ने  सामाजिक सञ्चालनमा लेख्नु भएकाे छ ।
 कार्कीले ओली सरकारबाट हटेपछि झापाकाे त्यति ठूलो परियोजना अलपत्र परेको जानकारी गराउदै लाखौँलाई रोजगारीको अवसर सिर्जना हुने र सिङ्गै झापाको आर्थिक समृद्धि हुने उक्त गुरुयोजना टुङ्ग्याउन दमकवासीको आँखा खुल्नु पर्नेछ भनेर सामाजिक सञ्चालनमा  बताउनुभएको छ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु