बिहीबार २४ बैशाख, २०८३ (Thursday May 07, 2026)

गैर आवासीय नेपाली (एनआरएनए)काे लागि विमानस्थलमा छुट्टै डेस्क राखिने ।

सोमबार ९ चैत्र, २०८२ Bichar Batika 1208


गैर आवासीय नेपाली (एनआरएनए)काे लागि विमानस्थलमा छुट्टै  डेस्क राखिने ।

चैत ९ काठमाडौं , विश्वका विभिन्न मुलुकमा छरिएर रहेका गैर आवासीय नेपाली (एनआरएनए) र नेपाली मूलका विदेशी नागरिकहरुको नेपाली भाषा संस्कृति र नेपाली माटोप्रतिको आत्मियतालाई प्रगाढ बनाउन र नेपालमा पर्यटन एवम् लगानी प्रबर्द्धन  गर्न विश्व भरि छरिएर रहेका नेपाली मूलका नागरिक एवम् गैर आवासीय नेपाली(एनआरएनए) हरूकाे लागि अब त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउटा छुट्टै  डेस्क राखिने निर्णय गरिएको विमानस्थलका अध्यागमन विभागले जनाएको छ ।
अध्यागमन विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयलाई विमानस्थलको आगमन र प्रस्थान कक्षमा अलग्गै डेस्कको व्यवस्थापन गर्न आइतबार पत्राचार गरेको र विश्वमा रहेका नेपाली मूलका नेपालीहरुको संस्था एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले यसका लागि निकै लामो समयदेखि नेपाल सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो ।
हिजाे आइतबार गृह प्रशासनले साे निर्णय गरेपछि अध्यागमन विभागले  त्रिभुनव अन्तरराष्ट्रिय विमानस्थल कार्यालयलाई पत्राचार गरेसँगै  संस्थाले विज्ञप्तिमार्फत् गृहमन्त्री ओमप्रकाश अर्याल र गृह प्रसाशनलाई धन्यवाद ज्ञापन गरेको थियाे ।
एएनओका अध्यक्ष डिल्ली अधिकारीद्वारा जारी विज्ञप्तिमा गृह मन्त्रालयको यो निर्णयले विश्वभर रहेका नेपाली मूलका नागरिकहरुले आफूहरु सम्मानित भएको महसुस गरेका छन् ,यो निर्णयको कार्यान्वयनले नेपाली मन र नेपाली पनलाई नेपालसँग जोड्न ठूलो योगदान पुर्याउने विश्वास लिएका छौं भनी उल्लेख गरिएकाे छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु