आईतवार ११ आश्विन, २०८३ (Sunday September 27, 2026)

सधैं साथमा तिम्रो, दर्शकको रोजाइमा १२ दिनमै १० लाख पार ।

सोमबार ३० चैत्र, २०८२ Bichar Batika 1229


सधैं साथमा तिम्रो, दर्शकको रोजाइमा १२ दिनमै १० लाख पार ।

चैत ३० काठमाडौं ,  सधैं साथमा तिम्रो बोलको  म्युजिक भिडियोलाई दर्शकहरू धेरैनै रूचाएकाे छ, भिडियोलाई १२ दिनमा  १० लाख  भन्दा बढी दर्शक स्रोताले हेरेका छन्, भिडियोमा करिब १३ हजारभन्दा बढी लाइक्स र १५० भन्दा बढी सकारात्मक प्रतिक्रिया आएका छन्। 

अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल अभिनित यो रोमान्टिक शैलीको म्युजिक भिडियोमा सुरेश बस्नेतको एकल स्वर रहेको छ,  गोविन पुनको शब्द तथा संगीतमा तयार भएको गितमा  संगीत संयोजन भने दिनेश श्रेष्ठले गरेका छन्।

दुई मुटु एक यात्रा भन्ने अवधारणामा निर्माण गरिएको  म्युजिक भिडियोमा विक्रान्तमान श्रेष्ठ र क्रिस्टिना बसिस्टको निर्देशन, साहिल खानको सम्पादन तथा प्रविण श्रेष्ठको पटकथा रहेको छ, भिडियो लाई अमेरिका, अष्ट्रेलिया र न्यूजिल्यान्डका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ,भिडियोमा सुरेश र रेहाले नै श्रीमान -श्रीमतीकाे  भूमिकामा अभिनय गरेका छन्,उनीहरूको आफ्नै वास्तविक प्रेम कथामा आधारित भएर भिडियो निर्माण गरिएको निर्माण पक्षले  बताइएको छन् ।

        भिडियो लिंक: 

 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु