सोमबार १८ श्रावण, २०८३ (Monday August 03, 2026)

आज २०औं लाेकतन्त्र दिवस ।

शुक्रबार ११ बैशाख, २०८३ Bichar Batika 1265


आज  २०औं लाेकतन्त्र दिवस ।

बैशाख  ११ काठमाडौं , जनआन्दोलन सम्पन्न भएको दिन बैशाख ११ गते आज २०औँ  लोकतन्त्र दिवस मनाइँदैछ  । 
१९ दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको र जनताले जितेको दिनको सम्झनामा हरेक बैशाख ११ गते लोकतन्त्र दिवस मनाउने गरिन्छ ।
०६२-६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामु आजकै दिन निरंकुश राजतन्त्रले घुँडा टेकेको थियो , ०६३ सालमा वैशाख ११ गते संसद् पुनर्स्थापनासहित नागरिकले अधिकार पाएका थिए ।  
तत्कालिन राजा ज्ञानेन्द्र शाहले २०५९ जेठ ८ गते संसद विघटित गरेर २०६३ बैसाख ११ गते पुनर्स्थापना गरेका थिए।
७ दल र सशस्त्र युद्धरत माओवादीबीच भएको १२ बुँदे समझदारीअनुसार ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध आन्दोलन भएको थियो। आन्दोलनरत दलले तयार पारेकै मस्यौदाका आधारमा राज ज्ञानेन्द्रले ०६३ बैसाख ११ गते राति संसद पुनर्स्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरेका थिए।
२०६३ जेठ ४ गते बसेको पुनर्स्थापित संसद बैठकले राजदरवारको अधिकार कटौती गरेको थियो। बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्तावसमेत पारित गरेको थियो। २०६३ मंसिर ११ मा माओवादी हतियार बिसाउँदै शान्तिपूर्ण राजनीतिमा आएको हो।
यसैको जगमा २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो। संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २ सय ४० वर्षदेखि रहेको राजसंस्थाको विधिवत अन्त्य गर्दै गणतन्त्र स्थापना भएको ऐतिहासिक घोषणा गरेको थियो भने २०७२ असोज ३ मा नेपालको संविधान जारी भएकाे थियाे ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु