मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

पछिल्लो समय नयाँ पुस्ताका केहि कलाकारहरू मध्य आयुष मगर पनि चर्चामा ।

आईतवार १७ जेष्ठ, २०८३ Bichar Batika 1283


पछिल्लो समय नयाँ पुस्ताका केहि कलाकारहरू मध्य आयुष मगर पनि चर्चामा ।

जेष्ठ १७ काठमाडौँ ,  नेपाली संगीत क्षेत्रमा पछिल्लो समय नयाँ पुस्ताका केही कलाकारले श्रोतामाझ बलियो उपस्थिति जनाइरहेका छन्, ती मध्ये गायक, गीतकार तथा संगीतकार आयुष मगर पनि अहिले चर्चामा आउने नाम बनेकाे छ।

मेलोडी प्रधान आधुनिक गीत र सिनेम्याटिक शैलीका म्युजिक भिडियोमार्फत मगरले  छोटो समयमै दर्शक र श्रोताको ध्यान खिच्न सफल भएका छ,रुकुममा जन्मिएका मगरको  सांगीतिक यात्रा अमेरिकासम्म पुगेपछि अझ फराकिलो बनेको देखिन्छ,विदेशमा बसेर पनि उनले आफ्ना अनुभव, भावना र सम्झनालाई संगीतमार्फत प्रस्तुत गर्दै आएका छ, त्यसैले उनका गीतहरूमा प्रेम, दूरी, घरको सम्झना र भावनात्मक सम्बन्धका कथा स्वाभाविक रूपमा सुनिन्छ, आधुनिक संगीत संयोजनभित्र नेपालीपन मिसाउने उनको शैली युवा पुस्तामाझ लोकप्रिय बन्दै गएको छ।

डिजिटल प्लेटफर्ममा पनि आयुषको उपस्थिति लगातार बढ्दो छ, उनका चर्चित गीत ‘माया पनि बसेकै थियो’ र ‘लैजाने छु तिमीलाई’ ले युट्युबमा ११ लाखभन्दा बढी भ्युज पाइसकेका छन्, यी गीतमार्फत उनले प्रेम र भावनालाई सरल तर प्रभावकारी ढंगले प्रस्तुत गरेका छन्,  केही समयअघि सार्वजनिक भएको ‘कान्छी’ गीतले २४ लाखभन्दा बढी भ्युज पाउँदै उनको लोकप्रियतालाई थप उचाइमा पुर्‍याएको छ।
आयुषलाई अन्य कलाकारभन्दा फरक बनाउने पक्ष भनेको संगीतलाई हेर्ने उनको दृष्टिकोण पनि हो, उनी केवल गायनमा मात्र  सीमित छैनन्, आफ्ना गीतलाई दृश्य कथासँग जोड्ने सिर्जनाकर्ताका रूपमा पनि प्रस्तुत भइरहेका छन्, उनका म्युजिक भिडियोहरू छोटो फिल्मझैं अनुभूति दिने खालका हुन्छन्, जसले गीतको भावनालाई अझ गहिरो बनाउने काम गर्छ।
डिजिटल माध्यममार्फत अन्तर्राष्ट्रिय श्रोतामाझ बढ्दो पहुँचसँगै आयुष मगर नेपाली संगीतको नयाँ पुस्ताका सम्भावनायुक्त कलाकारका रूपमा स्थापित हुँदै गएका छन्,आफ्नै शैली र प्रस्तुतिमार्फत उनले नेपाली संगीतलाई विश्वस्तरमा चिनाउन सकिने सम्भावनालाई थप बलियो बनाइरहेका छन्।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु