बिहीबार १८ असार, २०८३ (Thursday July 02, 2026)

काठमाडौं लगायत विभिन्न स्थानमा बिहानैदेखि बर्षा ,पश्चिम नेपालमा तुलनात्मक रूपमा धेरै वर्षा हुने ।

बुधबार १७ असार, २०८३ Bichar Batika 1115


काठमाडौं लगायत विभिन्न स्थानमा बिहानैदेखि बर्षा ,पश्चिम नेपालमा तुलनात्मक रूपमा धेरै वर्षा हुने ।

असार १७  काठमाडौं,  काठमाडौंलगायत देशका विभिन्न स्थानमा बिहानैदेखिनै हल्का वर्षा भइहेको छ , विशेषगरी पश्चिम नेपालमा तुलनात्मक रूपमा धेरै वर्षा हुने माैसम विदले जनाएकाे छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर पूर्णतया बादल लाग्नेछ , देशको हिमाली भूभागको केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ,पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ , तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेकाे छ ।
कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाे छ र पहाडी भूभागको केही स्थानमा र देशको तराई भूभागको थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने विभागले जनाएकाे छ । 
नेपालमा मनसुन प्रवेश गरेसँगै पश्चिम नेपालमा वर्षा भइरहेको र पूर्वी नेपालमा कम पानी परेको छ , पूर्वी तराई पूरै सुक्खा छ,तर आगामी दिनमा नेपालभरी पानी पर्ने क्रम जारी रहने देखियकाे मौसमविद् विनोद पोखरेल आफ्नाे फेसबुक मार्फत जानकारी गराउनु भएकाे छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु