मंगलवार ६ आश्विन, २०८३ (Tuesday September 22, 2026)

लगातारको वर्षाका कारण पहिरो विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित ।

शुक्रबार २२ श्रावण, २०८३ Bichar Batika 1212


लगातारको वर्षाका कारण पहिरो विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित ।

साउन २२ काठमाडौं ,लगातारको वर्षाका कारण पहिरो, सडक कटान र बाढीले देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छ । 
 बिपी राजमार्गसहित विभिन्न ठाउँमा एक दर्जनभन्दा बढी सडकखण्डमा यातायात अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ ,प्रहरीले आज बिहान ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमका कारण बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको जनाएको छ। उक्त सडकमा बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म मात्र सवारी सञ्चालन गर्न दिइएको छ ,कान्ति लोकपथमा पनि वर्षायामका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ ।
मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ राजदुवालीमा सडक हिलाम्मे भएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ , यद्यपि सो क्षेत्रमा वैकल्पिक मार्ग सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ,सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गत जिरोकिलो, कोदारी र लिपिङ क्षेत्रमा पहिरो र सडक भासिएपछि अरनिको राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छ, दोलखाको तामाकोशी गाउँपालिका-५ किर्नेटारमा सामाकोशी खोलाले सडक कटान गरेपछि लामासाँघु-रामेछाप सडकखण्ड अवरुद्ध भएको हुदा खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ ।
प्रहरीको अनुसार रसुवाको पासाङ ल्हामु सडक, मुगुको नाग्म–गमगढी सडक, बागलुङको कालीगण्डकी करिडोर, रुकुम पश्चिमको भेरी करिडोर तथा मुस्ताङको बेनी–जोमसोम सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा बन्द छन् ,म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसेरी र अन्नपूर्ण गाउँपालिका–७ भिरकाटे क्षेत्रमा सडक बगाउँदा बेनी–जोमसोम सडकखण्डका दुई स्थानमा यातायात ठप्प भएको छ, गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ लेखस्थित मदन भण्डारी सडकखण्डमा सुक्खा पहिरो खसेपछि सवारी आवागमन अवरुद्ध भएको  जनाएको छ ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु