बिहीबार १५ आश्विन, २०८३
असाेज १५ काठमाडौं । गोठगाउँ सरोकार समाजले आफ्नो सातौँ वार्षिक साधारणसभा तथा बडा दसैँको शुभकामना आदानप्रदान कार्यक्रम २०८३ असोज १७ गते शनिबार काठमाडौंको जडीबुटी चोकस्थित क्लासिकल दरबारमा आयोजना गर्न गहिरहेकाे छ ।
बिहान ११ बजेदेखि सुरु हुने साधारणसभामा समाजले पछिल्लो कार्यकालमा सञ्चालन गरेका गतिविधि तथा सामाजिक अभियानको समीक्षा गर्दै आगामी दिनका लागि कार्ययोजना र संस्थाको भावी कार्यदिशाबारे छलफल गर्ने जनाएको छ।

समाजले ‘हाम्रो अभियान–सभ्य, समृद्ध र पाैरखी समाजको निर्माण’ भन्ने मूल अभियानलाई अघि बढाउँदै आएको छ, साधारणसभामा समाजको संस्थागत विकास, सामाजिक सहकार्य, सदस्यहरूको सहभागिता अभिवृद्धि तथा समुदायको हितमा सञ्चालन गर्न सकिने आगामी कार्यक्रमका विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।
संस्थाले साधारणसभा सँगै बडा दसैँको शुभकामना आदानप्रदान कार्यक्रम समेत आयोजना गरिने भएकाले गोठगाउँसँग सम्बन्धित विभिन्न क्षेत्रका व्यक्तिहरूबीच भेटघाट र आपसी सम्बन्ध विस्तार गर्ने अवसरसमेत बन्ने आयोजकको विश्वास छ।
समाजले साधारणसभा तथा शुभकामना आदानप्रदान कार्यक्रममा सञ्चालक सदस्य, सम्पूर्ण आजीवन सदस्यहरू तथा सम्पूर्ण सरोकारवालालाई उपस्थितिका लागि आग्रह गरिएकाे छ ।
कार्यक्रम विवरण:
मिति: २०८३ असोज १७ गते, शनिबार
समय: बिहान ११ बजे
स्थान: क्लासिकल दरबार, जडीबुटी चोक, काठमाडौं
आयोजक: गोठगाउँ सरोकार समाज
मिडिया पार्टनर: विचार वाटिका मिडिया प्रा.लि.