आईतवार २३ जेष्ठ, २०७८
जेठ २३, काठमाडौं । एक अध्ययनको अनुसार एकपटक कोरोना संक्रमण भएको व्यक्तिलाई कम्तीमा १० महिनासम्म पुनः संक्रमण हुने जोखिम न्यून हुने देखिएको छ ।
युनिभर्सिटीक कलेज लण्डनका अनुसन्धानकर्ताले बेलायतका दुई हजार संक्रमितमा गरेको अध्ययनअनुसार पहिलो संक्रमण भएको १० महिनासम्म पुनः संक्रमण दर निकै न्यून देखिएको हो ।
प्रतिष्ठित ल्यासेन्ट जर्नलमा हालै प्रकाशित एक अध्ययनको नतिजाअनुसार एकपटक कोरोना संक्रमित भएपछि शरीरमा १० महिनासम्म एन्टिबडी सक्रिय रहने देखिएको छ ।
एकपटक संक्रमित भएको व्यक्ति कम्तीमा १० महिनासम्म सुरक्षित देखिनु साह्रै सुखद् कुरा हो, दोहोर्याएर संक्रमित हुनेको प्रतिशत निकै कम देखिएको, अध्ययनको नेतृत्व गरिरहेकी मारिया कुर्तिकोभ भनिन् ।
कोरोना संक्रणविरुद्धको खोप लगाएका मानिसहरु भने यस अध्ययनमा सहभागी थिएनन् । उनीहरुले खोप लगाएका व्यक्तिको एन्टीबडी र प्रतिरोधी क्षमताबारे बेग्लै अध्ययन गरिने बताएका छन् ।