शुक्रबार ४ बैशाख, २०८३ (Friday April 17, 2026)

सामाजिक संजाल; कोरोना सङ्क्रमण र मानव स्वास्थ 

बुधबार २ असार, २०७८ विचारवाटिका 2911


सामाजिक संजाल; कोरोना सङ्क्रमण र मानव स्वास्थ 

लेखकः- पदमकुमार श्रेष्ठ “अरबिन्द “

हामी मानव पृथ्वीमा निर्भर छौ । यहाँको हावापानी, वातावरण सङ्ग दिनहुँ घुलमिल भैरहेका हुन्छौ । जानीनजानी विभिन्न तवरले प्रत्यक्ष वा अप्रत्यक्ष रुपले यहाँ घट्ने घटनाहरुको खोजिनिधी गर्छौ । त्यस्तै एउटा यस्ता घटना घट्यो जसले विश्व भरि महामारीकै रूपमा आतंक सृजना गरि नै रह्यो र अझै छ कोभिड-१९ अर्थात कोरोना भाईरसको सन्त्रास । जसले विश्व स्वास्थ क्षेत्रमा निकै ठुलो जटिलता निम्त्यायो र अझै कति गर्छ त्यो भविस्यमा थाहा पाउने कुरा भयो ।

कोरोना भाईरस तिब्र गतिले फैलिए सङ्गै निषेधाज्ञा, कर्फ्यु, लकडाउन जस्ता शब्दहरू प्रयोग गरेर सरकारले नियन्त्रण र रोकथामको लागि विभिन्न उपायहरू अबलम्बन गरे । यस सङ्गै सामाजिक दुरि कायम गरि भेटघाट अनि एक घरबाट अर्को सम्म जानको लागि पनि डराएर फोन, टेलिभिजन, रेडियो अनि मुख्यतः ल्यापटप, स्मार्ट फोनको ड्युटी नै गरिरहे भन्दा फरक नपर्ला । छिनछिनमा अपडेट हुने अनलाइन पोर्टल हरुमा औला दौडाई रहे भने विभिन्न कार्यालयको कामहरू, शिक्षण संस्थाका पढाईहरु, मिटिङ्ग (जुम, गुगल)को माध्यमबाट हुन थाल्यो । यस अबधिमा अरु मिडियाहरु भन्दा सोसल मिडियाहरु (फेसबुक, टुइटर, टिकटक, युटुब, ईन्स्टा आदि) नै सबैको रोजाई बने ।

यि मिडियाहरुमा आफ्नो फुर्सदको समय सदुपयोग गर्दै दैनिक रुपमा निरन्तर अभ्यस्त हुन थाले । प्रायः सूचना, जानकारी, अनुभव, अभियानहरु, विभिन्न कला, सृजनाहरु पस्किन थाले । यसबाट टाढा भएका आफन्तहरुसङ्ग नजिकिने, कुरा गर्ने अवसरहरु पनि मिल्यो । तथापि केहि नकारात्मक कुराहरु यस्ता संन्जालमा भेटिन थाले ।

सूचनाको प्रथम स्रोतको रुपमा भएकोले यस्तो महामारीको अवस्थामा फैलने विभिन्न समाचारहरु पत्याउने नै भए, जो जसले यसको स्रोत प्रष्ट छुट्याउन सक्दैनन् । यसै सन्दर्भमा विश्व स्वास्थ संगठनले पनि भनेकै थियो कि यस्तो महामारीको समयमा यस रोगलाई नियन्त्रण गर्न भन्दा अनाधिकृत रूपमा चलेको सामाजिक संजालहरुबाट फैलिने भ्रामक समाचारहरुले अर्को महामारी निम्त्याउन सक्ने भन्दै सतर्क रहन पनि आग्रह गरेका थिए । जसले मानिसमा उत्पन्न हुने डर, त्रास, चिन्ता र विशेष मानवीय  स्वास्थमा ठुलो असर पर्ने भन्दै रोगसङ्ग लड्न गार्हो हुने कुरामा जोड दिएको पाईन्छ ।

दोस्रो लहरसंगै केहि सामाजिक संजालहरुमा अक्सिजनको अभाव , लासहरुको अवस्था, सरकारको नकारात्मक टिप्पणी र गलत समाचारहरु सम्प्रेषण गरि भ्रम सृजना गरेको पनि पाईयो । अझ सरकारी अस्पताल या प्राईभेट अस्पतालमा बिरामी भएर जानुभयो भने फर्कन सक्नुहुन्न, घरवारि जोगाउन सक्नुहुन्न भन्ने जस्ता समाचार पनि बनिरहे । यसले सरकारको पुर्व तयारीलाई छर्लङ्ग पारिदिन्छ भने अघिल्लो पङ्तिमा रहेर काम गर्ने, दिनरात नभनी खटिने स्वास्थकर्मी, सुरक्षाकर्मी लगायत यससङ्ग सम्बन्धित व्यक्तिहरुलाई साच्चै नै मनोबैज्ञानिक असर परि कमजोर बनाउने र सक्रियतालाई निष्क्रियतामा बदल्ने प्रकारले समाचारहरु आउँदा अझै मानसिक रूपमा कति बिक्षिप्त भए होलान् ?

प्रायः मानिसहरु मृत्यु, रोग, संयन्त्रहरु तत्कालीन राजनीतिसङ्ग जोडेर व्यक्त हुने गर्दछ्न् । यसमा अझै बढि जिम्मेवारी युवाको संलग्नता नै धेरै भेटिन्छन् किनकी सामाजिक संजालमा उनिहरुकै प्रभुत्व छ । त्यस्ता समाचारहरु फेरि कोरोना सङ्क्रमण भएका व्यक्ति, परिवार, आफन्तहरुले नै बढि हेर्ने गर्दछन र सेयर गर्ने गर्दछन जसले अझै डर, त्रास उत्पन्न गराईदिन्छ । फलस्वरूप उनिहरुको निन्द्रामा गडबडी, वर्वराउने, एकाग्रतामा ह्रास, खानामा अरुचि, टाउको दुख्ने, शरीर गल्ने, पेट पोल्ने, छाती भारी हुने जस्ता समस्याहरू निम्तने गरेको पाईन्छ। हामीले लिने चिन्ताले धेरै थोरै शरीरमा लड्ने क्षमतामा ह्रास ल्याउन ठूलो योगदान पुर्याएकै हुन्छ । पछिल्लो चरणमा सामाजिक संन्जालको नकारात्मक असर, दुरुपयोगले नै हामीमा चिन्ता, डर, त्रास निम्त्याउने घर बनेको छ भन्दा अनर्थ नहोला । 

बहुमतले यस्ता गल्ती या दुरुपयोग भएको भेटे पनि उनिहरुले स्वेच्छाले यसैलाई नै प्राथमिकतामा राख्छन् । यस्तो महामारीमा थुप्रै सकारात्मक संदेश फैलाउने पनि यहि संजालको माध्यमबाट भएका छन् । जस्तो कि आकस्मिक उपलब्ध बेड संख्या, रक्तदाताको सम्पर्क, डाक्टर/नर्स सहित अस्पतालको जानकारी, कोभिड परामर्श सेवाको लाईभ प्रसारणहरु जसले थुप्रै कोरोना सङ्क्रमणहरुलाई एउटा आशाको किरण बने अनि अग्र पङ्तिमा खटिनेहरुलाई सम्मान ।

निषेधाज्ञासङ्गै विभिन्न शैक्षिक संस्थाहरु पनि बन्द भए र पढाई अनलाइन मार्फत नै संचालित भए जुन पहिलो चरणको कोरोना महामारी यसको पुर्व अभ्यास पनि थियो । केहि शिक्षक  तथा विद्यार्थीहरु पनि स्वयम् जनचेतनामूलक कार्यक्रम जस्तै सरसफाई , मास्कको सहि प्रयोग, सामाजिक संजालको प्रयोग, भौतिक दुरिको पालना सम्बन्धि विभिन्न ग्रुपहरुमा फोटो पोस्ट, भिडियोहरु राखी सचेत गराई रहे भने कतिपय स्वास्थ कर्मीहरुले आफुले भोगेका र भ्रमपुणर् समाचारलाई सत्यतथ्य यो हो भनेर सतर्कता गराईरहे जुन  नेपालमा स्वास्थ मन्त्रालय पनि गर्दै आईरहेको छ।

त्यस्तै सामाजिक नेटवर्कका साना-ठुला समूहहरु एक भएर नै विभिन्न राष्ट्रिय तथा अन्तरास्ट्रिय संघ संस्थाहरुसङ्ग मिलेर आवश्यक स्वास्थ सामाग्रीहरु (साबुन, मास्क, स्यानिटाईजर, थर्मोमिटर, अक्सिमिटर, अक्सिजन सिलिन्डर, कन्सन्ट्रेटर आदि ) उपलब्ध गराई अति आवश्यक स्थानसम्म पुर्याईएको जानकारीहरु पनि उपलब्ध गराइएको पाईन्छ । देश बिदेश बाट आफ्नो मातृभूमिको लागि आवश्यक सामाग्री खरिद तथा ढुवानीको लागि पनि रकम सङ्कलन गरि गाउँको भित्ता भित्तासम्म पुर्याएको फोटो, भिडियोमा धन्यवाद सहित समाग्री पाउदाको खुशी मुहारहरुले सेवा गर्न धन भन्दा मन चाहिन्छ भन्ने कुराको आभास गराईदिन्छ ।

यस्ता कार्यहरु सहि नेतृत्व, सहि योजना र सहि प्रयोग हुन सहि बिचार भएको समूह हुनु जरुरी हुन्छ । तसर्थः एक थुकी सुकी ,सयौ थुकी नदी त्यसै भनिएको रैनछ । प्रयास त सबैले गर्दछन् तर सहि समयमा सहि योजनाको कार्यान्वयन एउटा सामाजिक संन्जालको बिल्कुलै सकारात्मक प्रयोग मानिन्छ । यसमा कोरोना सङ्क्रमण भएकाहरु पनि संलग्न भएको हुँदा बिरामीलाई पनि थप उर्जा दिन सकेको महसुस गराउदछ । त्यस्ता महान हस्तीहरु जिउँदो भगवान हुन् जसले रोगसँग लड्न सहयोग, हौसला र दिन रात खटिरहनु भयो सबैलाई हार्दिक धन्यवाद सहित नमन ।




मतहरू

assaugbef

Lwrbit Cialis Kamagra Sildenafil https://bestadalafil.com/ - cialis 5mg best price Propecia Di Doping Cehlqz cialis online Isaruf Cialis Preis Apotheke https://bestadalafil.com/ - cialis


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु