बुधबार १३ श्रावण, २०७८
ज्वलिता श्रेष्ठ " अपूर्व "
लकडाउन लगाउने अरे भन्ने हल्लाका साथ बजार तिर छ्यापछ्याप्ती भिडहरु बढ्न थाले । अनुहारमा मास्क,फेस सिल्ड,पन्जा अनि पकेटमा स्यानिटाईजर बोकेका व्यक्तिहरु केहि छोएपछि दलिरहेका देखिन्थे । सरकारले उपत्यका छोडेर जानेहरुका लागि केही दिनको समय दिएको कारण सडक भरि भिड– जाम उस्तै थिए । भौतिक दुरि कायम गराउन चाहेर पनि सम्भव थिएन । अबुझ पनि होईन तर बाध्यता । कसैलाई कोरोना सर्छ भन्ने डर भन्दा पनि गन्तव्यमा तोकिएको समयमा पुगिन्छ कि पुगिदैन भन्ने डर ।
म पनि ती भिडहरुमा एक थिए । काम गर्दा होस् या बजारको भिड तिर पुग्दा होस् कोरोनाको समाचारले मनमा डर चाहिँ थियो। प्रथम चरणको कोरोनाबाट साथीहरू सङ्क्रमित भएकाले भन्दा पनि कहिले काहीँ यो दोस्रो चरणमा बढि तर्सायो कारण अस्पतालमा बेडको अभाव र अक्सिजनको कमिको कारण देखिएको अस्तब्यस्त जिन्दगीको परिक्षामा के हामी बाकी रहौला त भन्ने चाहिँ दिमागमा आउथ्यो ।
नेपाली समाजमा धेरै थरिका मान्छेहरु भेटिन्छन्,भेटिए पनि कसैले कोरोना केहि होईन भन्ने भ्रम फैलाउछन जसलाई यसबारे सामान्य जानकारी मात्रै छ । कोहि निको भएकाहरुले पनि केही होईन रैछ,वाहियात हो भनेको भेटे । यि दुबै अल्प ज्ञान,अल्प विज्ञ हुन् भन्न मलाई कति पनि अप्ठ्यारो लाग्दैन । बिषयले म यसको विज्ञता होईन तर पनि कोरोना सङ्क्रमण भएकोले देखेको,भोगेको र सुनेको कुराहरु यथार्थमा व्यक्ती पिच्छे फरक हुदोरहेछ भन्नेकुरा प्रस्ट देख्ने अवसर दोस्रो लहरमा आएर आफैले देखे ।
हिजो आज त कोरोना शब्द नसुन्दा बरु खल्लो लागेको जस्तो हुन्थ्यो । घरमा सबै भन्दा पहिले ममी लाई मिल्दोजुल्दो लक्ष्यण देखियो। लगातार खोकी लागेर चेकअप गर्न सहिद मेमोरियल अस्पताल,कलङ्की लगेर गयौ। अस्पतालमा पुगेर बस्न नपाउदै शव बाहन कराउँदै बाहिर निस्किन लाग्यो भने एम्बुलेन्स भित्र छिर्यो । आवाज सुन्नासाथ अत्तालिएर ममी एक्कासी भुईमा लड्नु भयो । भुईबाट उठाएर चेयरमा राख्न नपाउदै बान्ता गर्नुभयो,सहायद डर,चिन्ता,त्यहाको कोलाहलमय वातावरणले पनि हुन सक्छ ।
डा. प्रेम पान्डे जो कोरोनाको बिरामीको उपचारमा खटिरहनु भएको रहेछ,उहालाई देखायौ। एक्स रे र पिसिआर गर्नु भन्नुभयो । भोलिपल्ट श्रीमान र म परिक्षणको रिपोर्ट लिन गयौ । उहाँले रिपोर्ट हेर्नु भएपछि म तिर आयो त भन्दै दिनुभयो । कता कता नराम्रो अनि डर पनि लाग्यो तर सङ्गै हिम्मत पनि आयो । रिपोर्ट लिएर डाक्टरलाई देखाए पछि तपाईहरु नि सतर्क रहनु होला,केहि लक्ष्यण देखिए तुरुन्तै आउनु होला भन्नुभयो र ममीको एक्स–रे गराउनु भन्नु भयो। एकदमै छोटो अबधिमा ममीको एक्स–रे मा फोक्सोमा निमोनियाले ग्रस्त बनाईसकेको रहेछ । रिपोर्ट लिएर घर फर्केपछि हामी बेग्लाबेग्लै बस्न सुरु गर्यौ । घरमा बुवाले ममीलाई मानसिक रूपमा तयारी गराईसक्नु भएको रहेछ । तसर्थः अनुहारमा त्यस्तो डर देखेनौ ।
ममीको सम्पर्कमा हामी उहाँ सहित चार जना थियौँ। अब के गर्ने सबैको पिसिआर टेस्ट गर्ने त भन्ने भयो। बुबाको सल्लाह अनुसार नै सुरुमा मेरो पिसिआर गर्ने निर्णयमा पुगियो। यदि मेरो पनि पोजेटिभ आयो भने सबै जनामा हुन्छ भन्ने भयो र सोही दिन दिउँसो टेस्ट गर्न गइयो र सोचे अनुसार नै भोलिपल्ट रिपोर्ट पोजेटिभ आयो। नमूना सङ्कलन गर्दा चाहिँ स्वास्थ कर्मीले सुरुमा नाकबाट अनि मुखबाट स्वाब लियो। सुरुमा केहि नभएको नाक लिएपछि बन्द भयो। स्वाब परिक्षणको लागि दिएपछि मनमा कौतुहलता जाग्न थाल्यो। के हुने होला,कस्तो आउने होला?
त्यही दिन ममीको रगत परिक्षण गर्न भन्नुभयो र आवश्यकता अनुसार सिटि पनि गर्नुपर्ने हुनसक्छ भनेर डा. ले भन्नु भयो । रगतमा त्यस्तो केही समस्या नभएकोले तत्काल निमोनियाको औषधि चलाईदिएकोले रातभर पसिना आउन थाल्यो ममीको छिनछिनमा कपडा चेन्ज गर्नुपर्ने हुन्थ्यो । अर्को दिन मेरो पनि पिसिआर रिपोर्ट पोजेटिभ आएको खबर थाहा हुदा अलिकति चिन्ता चाहिँ लागेकै थियो किनकी सिटि भ्यालु १८ थियो तैपनि , यो सङ्ग लड्न सक्छु लाग्यो ।
बिस्तारै साझ सम्म श्रीमान र बुबाको पनि पिसिआर टेस्ट गर्ने कुरा गर्यौ र भोलिपल्ट उहाँहरु पनि जानुभयो र बुवा १ डोज भेरोसेल खोप र श्रीमानले दुई डोज कोभिसिल्ड लगाउनु भएता पनि दुबैको पोजेटिभ नै आयो तर सिटि भ्यालु भने १५ र २८ थियो । सहायद खोप लगाएकै कारण होला बुवालाई दुई दिन टाउको दुख्ने र स्वाद फरक भयो भने श्रीमानलाई त्यस्तो केही देखिएन ।
ममीको सुरुवाती अवस्था भने एकदमै गार्हो भयो। एकदम आत्तिनु भो,खानै खानु भएन,पानी नपिउने,बोल्नै नसक्ने,ओछ्यानमा नै एकदमै छट्पटी भएर लौ अब केहीबेर मै सक्किनु हुन्छ झै लाग्थ्यो, तैपनि उहाँले चाहिँ अनेक उदाहरण दिदै खाना खुवाउने गर्नुहुन्थ्यो भने मेरो हेरचाहको जिम्मा चाहिँ बुबाको भनेर छुट्याई दिनु भाको थियो श्रीमान् ज्यु ले ।
बेलाबखत स्वास्थकर्मी साथीहरू सङ्गको नियमित सम्पर्क ,साथीहरु,परिवार र आफन्तको हौसलाले गर्दा आत्मबल बढाएको थियो। कहिलेकाही त पिसिआर रिपोर्ट पोजेटिभ आए पनि बिश्वास नलागेको तर घरमा ममिलाई देखेको अबस्थाले झल्यास्स बनाउने गर्दथ्यो ।
कोरोना कहाँबाट सर्यो,कसरी सर्यो भनेर एकिन गर्न त सक्किन्न तर त्यो भन्दा अगाडी बिहे तिर बाट आयो कि बजार तिरबाट आयो किनकी बिहे भएको घरमा सब परिवार बिरामी हुनुभएको रहेछ भन्नेकुरा थाहा भएपछि ममी सङ्ग हुने आफन्त हरु पनि बिस्तारै बिरामी हुनुभएकोले त्यो सम्भावनालाई नकार्न सकिन्न।
होम आईसोलेसन बसेको बेलाको घटना छ– ममीको बिचरा, छाती–पेट पोलेछ राती। औषधिले पनि होला, हामी सुतिरहेको थियौ । बोलाउनु भएछ। सुरुको दिनमा छोरालाई बोलाउनु हुन्थ्यो । पेट पोल्यो भनि एकदम छट्पटीनु हुन्थ्यो अनि बिस्तारै पानी खानु बिस्तारै ठिक हुन्छ भन्नुहुन्थ्यो। प्रत्येक घन्टामा हामी सबैले एक गिलास पानी पिउने अनिवार्य गराएका थियौ। कसले खाए नखाएको छड्के जाच गर्थें। फेरि अर्को रात त्यसै गरि सुत्नै सक्नु भएनछ अनि मलाई बोलाउनु भयो– निन्द्रै लागेन,गार्हो भो,मुख सुक्यो,स्वास फेर्न गार्हो भो भन्नुहुन्थ्यो। एकछिन पछि पानी पिउनु भएपछि थोरै ध्यान गरेपछि फेरि सुत्नुहुन्थ्यो र फेरि एक छिनमै त्यसै गर्नुहुन्थ्यो। केहि रातहरु त हाम्रो यसै गरि बिते।
हामी सबैलाई देखिएको ५–७ दिन सम्म त श्रीमान ज्यु राती राती सबैको टाढादेखि स्वास चलेको नचलेको हेर्नुहुदो रहेछ। पछि चलेको देखेपछी,शरीर हलचल भएपछि मनमनै ए ठिकै हुनुहुदो रहेछ भनेर मन बुझाउने कुरा पछि मात्रै भन्नुभयो। परिवारको सबै सदस्यलाई त्यस्तो हुदा जिम्मेवारीपन पनि थपिएकोले होला सायद ।
सरकारले बनाएको आईसोलेसनमा भन्दा घरमै आईसोलेसन बस्दा सजिलो भयो। पिसिआर टेस्ट गर्दा सङ्क्रमण देखिए पनि आफूमा गम्भीर लक्ष्यण देखिएन। जनस्वास्थ्य कार्यालयबाट नियमित रूपमा फोन आउने र अपडेट लिरहेका हुन्थे। घरमै बसेकाले आफुलाई कोरोना नभएको जस्तो पनि अनुभव भयो । सामाजिक दुरि कायम गरि कुरा गरिन्थ्यो भने एक्लोपनको अनुभूति भने भएन। त्यस्तै सङ्क्रमितलाई खाना,खाजा,तातोपानी दिदा अनिवार्य रूपमा साबुनपानीले हात धुने,मास्कको प्रयोग गर्ने जस्ता साबधानी अपनाईएको भए पनि कता कता केही भै हाल्छ कि भन्ने डर भने थियो नै।
करिब २१ दिनको होम आईसोलेसन पछि पुनः टेस्ट गर्नु त पर्दैन तै पनि आत्मसन्तुष्टको लागि टेस्ट गर्दा श्रीमान् ज्युको नेगेटिभ आयो भने हाम्रो पनि सब परिवार सङ्गै बस्न मिल्ने जानकारी डाक्टर बाट भयो। यस्तो भयो कि हामीले चेक गराउने डाक्टर फ्यामिली डाक्टर जस्तै परिवारको सदस्य जस्तै हुनुभयो,केहि कुरा सोधपुछ गर्दा मज्जाले जानकारी दिनुहुन्थ्यो। ममीको चाहि अझै निमोनिया केही बाकी भएकोले कम्तिमा हप्ता दिन सतर्क रहन सुझाव दिनुभयो। त्यति हुँदा हामी सबैको अनुहारमा खुशीको अनुहार देख्थ्यौ। सङ्गै बस्न मिल्छ भनेपछि आफ्नो स्वास्थलाई ख्याल राख्दै आफुले लगाएका कपडा,बस्ने ठाउँ,प्रयोग गर्ने सामाग्रीहरु अवस्था अनुसार सफा गर्यौ।
दोस्रो चरणको सुरुवाती सङ्गै काठमाडौं रेड्क्रस मार्फत श्रीमान ज्युले अनलाइनबाट होम आईसोलेसनमा बस्नुभएको सङ्क्रमितलाई बिज्ञ डाक्टर हरु मार्फत परामर्श सेवा सन्चालन गरिरहनु भएको थियो । त्यसैले यसै क्षेत्रमा काम गर्दै आउनु भएकोले पनि बेला बखत विभिन्न जानकारी गराउनु हुन्थ्यो र मैले विभिन्न जानकारी पाईरहे । त्यस्तै रोटरीको एक कार्यक्रममा ब्एँ का डाक्टर झा ले कोरोना सङ्क्रमण बेला बाफ लिनु घातक हुने भनेपछि तुरुन्तै त्यो काम रोक्यौ।
सामान्य शरीरमा रोग सङ्ग लड्ने क्षमता बढि भएका र अन्य दीर्घ रोग नभएकालाई जोखिम कम हुने र सङ्क्रमित भै सकेपछि पनि छिट्टै निको हुने यसको विशेषता रहेछ।आईसोलेसनका बखत नियमित तातोपानीले कुल्ला गर्ने,पिउने र खानेकुराहरु प्रायः फलफूल पनि तातोपानीमा डुबाएर खाने गरियो। डाक्टरको सल्लाह अनुसार आँप र केरा खाईएन भने स्याउ,अनार र हरियो सागसब्जिलाई बढि प्राथमिकतामा राखियो जुन करेसाबारीमै उपलब्ध थियो। जब सङ्क्रमण पुष्टि भएको कुरा साथीहरू जानकारी गराए,उहाँहरुले पनि आफ्नो अनुभव सहित सल्लाह,हौसला दिनाले पनि केही सकारात्मक उर्जा पैदा भयो।
यस अबधिमा मैले कोरोना सङ्ग सम्बन्धित दर्जनौं देशका डाक्टरहरुको सुझाव सहितका अन्तर्वार्ता,ध्ज्इ को सुझाब, रिसर्च पेपर,योग तथा यस सङ्ग सम्बन्धित डकुमेन्ट्रीहरु अध्यन गर्ने अबसर पाए,केहि समय त मेरो दैनिकी नै नयाँ सेडुलमा रुपान्तरण गरे।
बिहान उठ्ने बित्तिकै मन तातो पानी पिउने,योग गर्ने,गराउने,घाममा बस्ने,खाना खाने,खुवाउने ,अध्यन गर्ने,सामाजिक दुरि कायम गरि छलफल गर्ने,आफुलाई उर्जाशिल बनाई राख्न संगीत सुन्ने,नाच्ने,नचाउने। एक्लो महसुस नहुन आफन्त हरु सङ्ग कुराकानी गर्ने–गराउने।
त्यति बेला हामीलाई गाह्रो नभए पनि निको भएपछि चाहिँ थकाई बढि लाग्ने,एकदमै भोक लाग्ने भयो। ममीले खाना थपेर खानुभएकोले हामी एकदमै खुशी भयौ किनकि सुरुवातिमा सबैलाई त्यस्तो हुँदा समयमै अस्पताल लग्नुपर्छ भन्ने पाठ सिकियो।
सङ्क्रमित भएको कुरा लुकाउनु भन्दा पनि सार्बजनिक गरिदा उ सङ्ग सम्पर्कमा रहेको व्यक्तीहरुले पनि सजगता अपनाउने र परिक्षण गर्ने अवसर पाउने हुदा थप फैलनबाट रोक्न सकिन्छ। तर सङ्क्रमितको नाम सरकारले गोप्य राख्नु भनेकोले र लागेको मानिस खुल्न नसक्नाले पनि सङ्क्रमण दर फैलन पाएको हो। किनभने कोरोना लागेको मानिसलाई हेर्यो भने सरिहाल्छ भन्ने कुविचार अझै थुप्रैमा छ नै जसले तिरस्कारको सिकार बन्नुपरेको समाचारहरु पनि नआएका होईनन जुन हत्या,बलात्कार भन्दा ठूलो अपराध हो।
त्यसैले सङ्क्रमित लुक्नु र लुकाउन एउटा अपराध हो। यो सरुवा रोग हो । तिरस्कार र अपहेलित भन्दा पनि साबधानी अपनाउन पर्छ। जसले सयौं जना सङ्क्रमित हुनबाट जोगिन्छ नत्र गोप्य हुदा सङ्क्रमण दर घट्ने भन्दा बढ्ने देखिन्छ। कोरोना सङ्क्रमण भएका व्यक्ती वा आफन्तलाई स्वास्थ मापदण्ड पालना गराउन आत्मबल बढाउन सानो प्रयास किन नगर्ने?
कोरोना सम्बन्धि भ्रम फैलाउने र केहि होईन भन्नेहरुले पनि लडेको देखे पछि एक पटक लागि सकेपछि फेरि लाग्दैन भन्ने भ्रम गलत साबित भएको पाईन्छ भने भ्याक्सिन लगाउनेमा पनि यस्तै छ। त्यसैले एक पटक सङ्क्रमित भै सकेपछि झनै होसियार हुनुपर्ने हुन्छ। तसर्थः कोरोनालाई सामान्य रूपमा नलिन र कोरोनाबाट गम्भीर किसिमका बिरामीलाई प्लाज्मा थेरापीको लागि पनि रगत चाहिएमा रक्तदान गर्नेछु र निको भैसकेको व्यक्तिहरुलाई पनि रक्तदान गर्नुहुन आग्रह गर्दछु। ( नोटः लेखिका डिस्कसन फोरम फर कोभिड १९ मा आबद्द हुनुहुन्छ)
https://buytadalafshop.com/ - cialis buy
cialis generic paypal
Expablyabapy priligy near me
Come Acquistare Viagra Online ActithFics cialis ebay levitra comparaison
Ngfenn Consider a trial of NPO status to see if diarrhea stops. prednisolone reviews Yet by the time he died he had revolutionized the practice of medicine and established the basic foundations of the role of the physician. Zjhrjo
Our results showed that antibiotic use, mainly in a curative application based on hydrogel formulations, are important to speed up cutaneous healing cialis online india have or have had problems with muscle weakness such as myasthenia gravis or Parkinson s disease
NDC Code s 68071- 4676- 3 Packager NuCare Pharmaceuticals, Inc cialis otc
msd stromectol
Zithromax Azithromycin Dosage