सोमबार २ असार, २०८२
असार २ काठमाडौं , फेसबुकमा भाबुक स्ट्याटस
सम्पर्कविहिन बनेका रामेछाप अस्पतालमा निमित्त मेडिकल सुपरिटेण्डेन्टमा कार्यरत डा.केशव श्रेष्ठ बालाजुमा सकुशल सकुशल भेटिएकाे छ ।
प्रहरी स्रोतका अनुसार बालाजुको होटल बाट डा. श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएकाे जनाएको छ ।
प्रहरीले डा.श्रेष्ठलाई सोधपुछ गर्न थाल्दा उनी आफू आत्महत्याका लागि डोरी खोजिरहेको बताएका थिए अहिले प्रहरीले डा.श्रेष्ठलाई नियन्त्रणमा लिएर प्रहरी परिसर भद्रकाली लगिएकाे जानकारी आएकाे छ ।