सोमबार २८ पुष, २०८२ (Monday January 12, 2026)

पुष्पलालकाे ४७ औं स्मृति दिवसको अवसरमा रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा पुष्पलाल पार्क चम्पादेवि सम्म पदयात्रा ।

बुधबार ७ श्रावण, २०८२ डि बि श्रेष्ठ 1570


पुष्पलालकाे ४७ औं स्मृति दिवसको अवसरमा रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा पुष्पलाल पार्क चम्पादेवि सम्म पदयात्रा ।

साउन ७ काठमाडौं , नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ स्मृति दिवसको अवसरमा नेकपा ( एमाले ) रामेछाप - काठमाडौं सम्पर्क मञ्चले काेटेश्वर देखि कीर्तिपुर चम्पादेवि स्थिति पुष्पलाल पार्क सम्म पदयात्रा तथा काेणसभा कार्यक्रम  सम्पन्न भएकाे छ ।

 सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रविन्द्र) काे अध्यक्षता सचिव निराजन तिमिल्सिनाकाे सञ्चालन  तथा नेकपा ( एमाले ) का स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटीको इन्चार्ज लालबाबु पण्डितकाे प्रमुख आतिथ्यतामा आयाेजना गरिएकाे कार्यक्रममा सम्पर्क समन्वय कमिटीको संयाेजक श्याम कुमार बस्नेत लगायत समन्वय कमिटीको पदाधिकारी तथा सदस्यहरू , बागमती प्रदेश सम्पर्क कमिटीको अध्यक्ष अशाेक कुमार ठकुरी लगायत पदाधिकारी तथा सदस्यहरू ,रामेछाप जिल्ला कमिटी सदस्यहरू ,रामेछाप - काठमाडौं सम्पर्क मञ्चका सल्लाहकार परिषदका सदस्यहरू लगायत अन्ने पार्टीका वामपन्थी नेताहरूकाे समेत उपस्थिति रहेकाे रामेछाप - काठमाडौं सम्पर्क मञ्च प्रचारप्रसार तथा प्रकाशन विभागले जनाएकाे छ 

  वि.स. १९८१ साल असार १५ गते पिता भक्तलाल श्रेष्ठ तथा माता तुलसीमाया श्रेष्ठको काेखबाट रामेछापको भंगेरीमा जन्मिएका पुष्पलाल श्रेष्ठ  वि.स. २०३५ साउन ७ गते उपचारको क्रममा गाेविन्द बल्लभ पंत अस्पताल नयाँ दिल्ली भारतमा मृत्यु भएकाे थियाे ,तेसै दिनकाे सम्झनामा कम्युनिष्ट घटक पार्टीहरूले साउन ७ गते विभिन्न कार्यक्रम गरेर पुष्पलाल स्मृति दिवस मनाउदै आहिरहेकाे छ ।

            भिडियो  सहित ,

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु