शनिबार ३० श्रावण, २०८३ (Saturday August 15, 2026)

एमाले लाई विभाजन गरि समाजवादी पार्टी खाेल्नुनै गल्ती भयाे :- झलनाथ खनाल।

शुक्रबार १६ श्रावण, २०८२ Bichar Batika 2223


एमाले लाई विभाजन गरि समाजवादी पार्टी खाेल्नुनै गल्ती भयाे :- झलनाथ खनाल।

साउन १६ काठमाडौं ,नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा(एमाले ) पार्टीलाई विभाजन गरि नेकपा  एकीकृत समाजवादी पार्टी खाेल्नु  गल्ती भएको बताएकाे बताउनु भएकाे छ ।
 जतिबेला एमालेमा  विद्रोह गरि  विभाजन गरियो नि, त्यो नै गलत रहेछ भन्ने अहिले आएर महसुस भएकाे   पत्रकार जगदीश खरेलसँगको अन्तर्वार्तामा पूर्वप्रधानमन्त्रीसमेत रहेका सम्मानित नेता खनालले बताउनु भएकाे छ।

नेकपा एमाले भनेको एउटा संस्था हो जो नेपालको कम्युनिस्ट आन्दोलनको हामीले एउटा राम्रो संस्था बनाइएको थियो । त्यो संस्थालाई त्यतिबेला छोड्ने, विद्रोह गर्ने कुरा गलत थियो,अहिले आएर  कहिलेकाहीँ यस्तो लाग्छ  व्यर्थै नेकपा एमाले छाडेर नेकपा एसमा आएछु , जतिबेला यो पार्टी विद्रोह या विभाजन गरियो नि, त्यो नै गलत भयाे किन विद्रोह गरियाे भनेर अहिलेसम्म पुष्टि नै भएकाे छैन पुष्टि नहुनुकाे अर्थनै गलत हाे भन्ने लागिरहेको छ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु