मंगलवार २० आश्विन, २०८३ (Tuesday October 06, 2026)

एमालेकाे ११ औं महाधिवेशनमा ओली र पाेखरेल प्यानलनै बनाएर प्रतिस्पर्धा गर्दै ।

सोमबार २९ मंसिर, २०८२ Bichar Batika 1479


एमालेकाे ११ औं  महाधिवेशनमा ओली र पाेखरेल प्यानलनै  बनाएर प्रतिस्पर्धा गर्दै ।

मंसिर २९ काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निर्वतमान वरिष्ठ उपाध्यक्ष इश्वर पाेखरेल प्यानलनै बनाएर प्रतिस्पर्धा गर्दै छ ।
 नेताहरूले प्यानलनै बनाएर चुनावमा हाेमीय पछि चुनावीगर्मी ह्वात्तै बढेको छ, केन्द्रीय निर्वाचन आयोगले सोमबार अबेर उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गर्दै अध्यक्ष पदमा ओली र पाेखरेल सगै शक्तिशाली मानिने महासचिव पदमा पनि शंकर पोखरेल र सुरेन्द्र प्रसाद पाण्डेले उम्मेदवारी दर्ता भएकाेले 
दुई जनाबीच मात्र प्रतिस्पर्धा हुनगहिरहेकाे छ ।
निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाद्वारा जारी उम्मेदवारको प्रारम्भिक सूचीअनुसार अध्यक्ष र महासचिवमा दुई - दुई जना बिच प्रतिस्पर्धा हुन गहिरहेकाे छ भने विधान अनुसार ५ जना निर्वाचित हुने उपाध्यक्ष पदका लागि ११ जना नेताहरूको उम्मेदवारी परेको छ , ३ जना निर्वाचित हुने उपमहासचिव पदमा ६ जना नेताहरूको उम्मेदवारी परेको छ तेस्तै ९ सिट रहेको सचिव पदमा सबैभन्दा बढी आकर्षण देखिएको छ, जहाँ २० जना नेताहरू प्रतिस्पर्धामा उत्रिएका छन्। सचिव बन्नका लागि गोकुल बास्कोटा, महेश बस्नेत, पद्मा अर्याल, छविलाल विश्वकर्मा, खगराज अधिकारी, अग्नि खरेल, शेरधन राई लगायतका नेताहरूले उम्मेदवारी दिएका छन्।
पदाधिकारी बाहेक भूगोलतर्फ सातै प्रदेश र उपत्यका विशेष, तथा समावेशीतर्फ आदिवासी जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, श्रमिक र पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्यमा ठूलो संख्यामा उम्मेदवारी परेको छ। त्यस्तै केन्द्रीय अनुशासन आयोग र लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूमा पनि निर्वाचन हुने भएको छ।
निर्वाचन आयोगले उम्मेदवारको विरोधमा उजुरी, छानबिन र नाम फिर्ताको समय सकिएपछि अन्तिम नामावली प्रकाशन गरी मतदान प्रक्रिया अघि बढाउने जनाएको छ।
 उम्मेदवारहरूकाे प्रारम्भिक सुचि यस्ताे रहेकाे छ,

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु