शुक्रबार १८ पुष, २०८२
पुस १८ काठमाडौ, अंग्रेजी नयाँ वर्ष २०२६ को पहिलो झुल्के घामसँगै नेपाली सांगीतिक क्षेत्रमा एक मीठो एवम् प्रमिल गीत तिमिलाई देखे पछि गायिका तथा संगीतकार बबिना भट्टराईको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक भएकाे छ ।

गायिका बबिना भट्टराई र गायक प्रताप दासको युगल स्वर रहेको गीतका प्रेमिल शब्दहरु गीतकार बलदेव थापाले लेखेका हुन् भने संगीत बबिना भट्टराईकै रहेको छ, गीतको भिडियोमा गायिका बबिना भट्टराई र गायक प्रताप दास स्वयं फिचर्ड छन् जसले गीतको भावलाई अझ जीवन्त बनाएको छ ।
गीतको अन्तिममा गीतकार बलदेव थापालाई झुलुक्क देख्न पाइन्छ ,गीतको भिडियोले प्रेमको सुन्दरता, एक अर्काको साथको महत्व र भावनात्मक गहिराइलाई सरल एवम् प्रभावकारी ढंगले प्रस्तुत गरेको छ ,गीतको एरेन्ज पुरुषोत्तम सुवेदीले गरेका छन् भने गीतमा गितारको मीठो धुन सञ्जिव बराइलीले भरेका छन् ।
म्युजिक नेपालको स्टुडियोमा नकुल कार्कीले रेकर्ड गरेका उक्त गीतको मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ , ऐ.जे. अजुले निर्देशन र पोष्टर डिजाइन गरेका गीतको भिडियोको सम्पादन तथा कलर मिन बहादुर रावलले गरेका छन भने श्रृङ्गार प्रिया नगरकोटीले गरेकी छिन् ।
प्रेमिल गीत ‘तिमीलाई देखे पछि’ ले प्रेमी, प्रेमिका बीचको अटुट बन्धन, एकअर्काप्रतिको पूर्ण समर्पण र साथले जीवनका सबै कठिनाइ जित्ने सन्देश बोकेको छ तिमीलाई देखे पछि यो मन हुने दंगसबै कुरा भुलिदिन्छु हुँदा तिमी संग ,तिमीले नै भरिदियौ जिन्दगीमा रंगएक पल तिमीलाई नदेख्दा हुन्छु नि झसंगसबै कुरा भुलिदिन्छु हुँदा तिमी संग ,प्रेमिल गीत ‘तिमीलाई देखे पछि’ का यी हरफहरू गहिरो प्रेम, आत्मिक आकर्षण र प्रेमले जीवनमा ल्याउने रूपान्तरणको सुन्दर अभिव्यक्ति हुन् , प्रिय व्यक्तिलाई देख्ने बित्तिकै मन स्तब्ध हुन्छ, उत्साह र आनन्दले भरिन्छ ,प्रेमी या प्रेमिकाको उपस्थितिले मन आफ्नै नियन्त्रण भन्दा बाहिर गएजस्तो अनुभूति हुन्छ ।

‘तिमीलाई देखे पछि’ मा गीतकार बलदेव थापाले प्रेमको गहिराइलाई अझ गहिरो एवम् सुन्दर बनाएका छ, गीतका शब्दहरू सरल एवम् गहिरो प्रेम, समर्पण र भावनात्मक आत्मीयताले भरिएका छन् , गीतमा प्रेमलाई उज्यालो, सहारा र जीवनको सबैभन्दा ठूलो शक्ति मानेर प्रस्तुत गरिएको छ ,अध्यारो रातमा तिमी लाग्छ सुन्दर जूनगीतहरूमा तिमी मेरो प्रिय धुनजताबाट गने पनि मिल्ने केवल गुनतिमी नै काफी छौ ल्याउन उमंगतिम्रो साथ पाए भने जित्छु सारा जंगसबै कुरा भुलिदिन्छु हुँदा तिमी संग ,प्रेमिल गीत ‘तिमीलाई देखे पछि’ मा प्रेमिकालाई अन्धकारमा उज्यालो दिने जूनसँग तुलना गरिएको छ ।
शाब्दिक रूपमा यो उज्यालोको संकेत हो भने साहित्यिक रूपमा प्रेमले जीवनका कठिन क्षणहरूमा आशा र प्रकाश दिने भाव व्यक्त गर्छ ,प्रेमिकालाई जीवनको संगीतसँग पनि जोडिएको छ , गीत ‘तिमीलाई देखे पछि’ मा प्रेम केवल भावना मात्र नभई जीवनको लय बनेको देखिन्छ , “जताबाट गने पनि मिल्ने केवल गुन” ले प्रेमिकामा दोषभन्दा गुण मात्रै देख्ने प्रेमीको सकारात्मक दृष्टिकोण झल्किन्छ ,साँचो प्रेममा कमजोरी हुदैनन् भए पनि नदेखिने विशेषता तथा यथार्थ गीतमा सुन्दर रूपमा प्रस्तुत गरिएको छ भने जिन्दगीमा उनको अर्थात् प्रेमी या प्रेमिकाको उपस्थिति नै खुशी र उत्साहको स्रोत भएको भाव अटाएको छ ।
जीवनमा विभिन्न कठिनाई तथा संघर्षहरु आउन सक्छन्, जीवनमा आइपर्ने विविध खालका अप्ठ्यारा परिस्थितिहरुमा पनि जित्न सक्ने शक्ति प्रेममा हुने भाव गीतमा दर्शाइएको छ ,प्रेमिल साथ भएमा संसारका सबै कठिनाई पार गर्न सकिन्छ भन्ने दर्विलो आत्मविश्वासको भाव पनि गीतले बोलेको छ भने प्रेममा डुबेको मनले पीडा, चिन्ता र संसारका बोझहरू बिर्सिने अवस्थाको चित्रण पनि गीतले गरेको छ ,मलाई जंघार तार्ने तिमी नै हौ पुलयो मनको बगैँचामा तिमी सुन्दर फूलमायाले नै माया गर्ने गर मीठो भुलतिमीलाई मलिन देख्दा मनमा चल्छ तरंगमन मन्दिरमा सजाउँछु पुर्याएर ढंगसबै कुरा भुलिदिन्छु हुँदा तिमी संग ।

गीत ‘तिमीलाई देखे पछि’ मा प्रेमिकालाई जीवनको कठिन नदी पार गराउने पुलसँग तुलना गरिएको छ । गीतको यो भाव प्रेममा गहिरो विश्वास र निर्भरताको प्रतीक पनि हो , गीतमा प्रेमिकालाई मनको बगैँचामा फुलेको सबैभन्दा सुन्दर फूलको उपमा दिइएको छ जुन फूलले जीवनमा सर्वाधिक महत्व राख्दछ ,प्रेममा सानातिना भुल पनि हुन सक्छन्, प्रेममा हुने ती भुल भुल नभएर प्रेममा गरिने साना भूलहरू पनि मीठा हुने सन्देश दिन्छ , प्रेममा उनको खुसी नै सबैभन्दा ठुलो हो, उनी दुःखी देख्दा, उनको मुहारमा मलिनता हराउँदा प्रेमीको मनमा पनि हलचल मच्चिने संवेदनशील भावना पोखिएको छ , प्रेमिल मान्छे सधैं मनको कुनामा अनि गहिराईमा हुन्छन्, उनको लागि मनको सिंहासन नै सबैभन्दा ठुलो स्थान हो, जसरी मन्दिरमा देवीलाई विशेष स्थानमा राखिन्छ त्यसरी नै प्रेमिकालाई पनि मनको मन्दिरमा देवीसरह प्रतिष्ठित गर्ने समर्पण भाव पनि गीतमा झल्किएको छ ,गीत ‘तिमीलाई देखे पछि’ ले प्रेमलाई उज्यालो, सहारा, शक्ति र पूर्णताको रूपमा सशक्त चित्रण गरेको छ, बलदेव थापाका शब्दमा सरलताका साथै भावनाको गहिराई स्पष्ट देखिन्छ । बबिना भट्टराई र प्रताप दासको स्वरले गीतको प्रेमिल मर्मलाई अझ सजीव बनाएको छ ,अंग्रेजी नयाँ वर्षको झुल्के घाम संगै सार्वजनिक भएको यो गीतले प्रेम, विश्वास र एकअर्काको साथको महत्व सम्झाउँदै दर्शक, श्रोताको मनमा मिठो छाप छोड्ने अपेक्षा गरिएको छ ।
भिडियो लिङ्क,
Concept clarity plays an important role in Class 7 CBSE English, especially when developing reading and writing skills. Organized lessons improve focus and retention. UNICCM School offers a guided program for consistent improvement.
Skill development is strengthened through structured teaching in Class 6 CBSE Mathematics . Clear topic progression supports accuracy and focus. UNICCM School offers a guided learning program.
Effective learning is supported through clear topic flow in Class 6 CBSE Mathematics . Balanced lessons help strengthen core mathematical concepts. UNICCM School presents a supportive CBSE-based course.
Consistent practice in class 4 maths helps build confidence in solving everyday maths problems.UNICCM School offers a dependable course for steady progress.
Joanne Smith
Knowing about UNICCM School help see how online learning can make education accessible to advance careers without disrupting schedules. The College of Contract Management courses build competence and confidence.