बिहीबार १५ आश्विन, २०८३ (Thursday October 01, 2026)

इटहरीमा सीप तथा रोजगार मेला सुरु, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य

बुधबार १४ आश्विन, २०८३ Bichar Batika 1104


इटहरीमा सीप तथा रोजगार मेला सुरु, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य

असोज १४ इटहरी । युवाको सीप पहिचान गर्दै रोजगारीका अवसरसँग प्रत्यक्ष जोड्ने उद्देश्यले इटहरीमा ‘सीप तथा रोजगार मेला–२०८३’ सुरु भएको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा बुधबारदेखि सुरु भएको मेलाको सभामुख डोलप्रसाद अर्यालले उद्घाटन गरेका हुन्। असोज २० गतेसम्म सञ्चालन हुने मेलामा सीप भएका युवालाई रोजगारदाता, तालिम प्रदायक तथा उद्यमशीलताका अवसरसँग जोडिनेछ।

उद्घाटन समारोहमा सभामुख अर्यालले पानसमा दीप प्रज्वलन तथा डिजिटल ब्यानर क्लिक गरी मेलाको शुभारम्भ गरे। कार्यक्रममा थारू नृत्य र नौमती बाजासहित सांस्कृतिक प्रस्तुति गरिएको थियो।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा भएको उद्घाटन समारोहमा उद्योगमन्त्री दिपककुमार साह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत प्रतिनिधि तथा प्रदेशसभा सदस्यहरूको सहभागिता थियो।
मेलाको पहिलो दिन तालिमार्थी छनोट, सीप प्रोफाइलिङ, रोजगार मिलान तथा सूचना–परामर्श सेवा सञ्चालन गरिनेछ। असोज १५ देखि १९ गतेसम्म १० वटा विषयगत क्षेत्रमा पाँचदिने व्यावहारिक तालिम सञ्चालन हुने आयोजकले जनाएको छ।

मेलामा रोजगारदाता र युवाबीच प्रत्यक्ष सम्पर्क, सीप विकास, रोजगार मिलान तथा उद्यमशीलतासम्बन्धी परामर्श समेत उपलब्ध गराइनेछ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु