बुधबार २८ आश्विन, २०८३ (Wednesday October 14, 2026)

नेपाल चलचित्र कलाकार संघकाे २१औं चुनावी सभाबाट केसीकाे प्यानलनै निर्वाचित ।

सोमबार ४ जेष्ठ, २०८३ Bichar Batika 1342


नेपाल चलचित्र कलाकार संघकाे २१औं चुनावी सभाबाट केसीकाे प्यानलनै निर्वाचित ।

जेष्ठ ४ काठमाडौं , नेपाल चलचित्र कलाकार संघको २१ औं चुनावी सभाबाट अध्यक्ष लगायत  अधिकाम्स पदाधिकारी तथा  सदस्यहरू उत्तम केसी प्यानल बाटै निर्वाचित भएका छ ।

हिजाे सम्पन्न २१ औं चुनावी सभामा उत्तम केसी र सविन श्रेष्ठ  प्यालनै बनाएर निर्वाचनमा प्रतिस्पर्धा गरेकाे थियाे ,  हिजाे राति सार्वजनिक भएकाे अन्तिम मतपरिणाम अनुसार  केसी २१६ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित हुदा उनका प्रतिस्पर्धी सविन श्रेष्ठले १३२ मत प्राप्त गरेका थियाे ,तेस्तै  १४४ मत सहित महिला उपाध्यक्षमा पूजना प्रधान  ,१४६ मतसहित खुल्ला  उपाध्यक्षमा शिवहरि बैरागी ,१९५ मत सहित महासचिवमा  सुनील कटवाल , २१४ मतसहित  सचिवमा गोपाल ढकाल , १४९ मतसहित कोषाध्यक्षमा  तेज कुमारी खतिवडा (तेजुला ) र  सहकोषाध्यक्ष पदमा  भने सविन श्रेष्ठको प्यानलबाट १६१ मतसहित  पवन केसी  निर्वाचित भएकाे थियाे,  भने सदस्यमा इन्द्रबहादुर लामा ,छुल्ठिम गुरुङ, जीवन थापा, दमन रुपाखेती, नवीनकुमार श्रेष्ठ, चन्द्रकला दाहाल, चन्द्रकला राई,  रश्मि भट्ट, श्रीदेव भट्टराई र सुलेमान शंकर  निर्वाचित भएकाे थियाे ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु