शनिबार ३० श्रावण, २०८३
साउन ३० काठमाडौं ,अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै
आएकी गीतकार यशोदा सापकोटा( कार्की)को पहिलो तीज गीत ए मैना सुनन सार्वजनिक भएकोछ ।
नेपाली संस्कृति, परम्परा र आमा-छोरीबीचको आत्मीयसम्बन्धलाई विषयवस्तु बनाइएको यो गीत आउँदै गरेको तीज पर्वलाई लक्षित गरीबजारमा ल्याइएको हो,विगत १२ वर्षदेखि सिड्नीको एक पब्लिक हस्पिटलमा रजिस्टर्ड नर्सका रूपमा कार्यरत सापकोटा तीन सन्तानकी आमा तथा व्यवसायी समेत हुन् ।

प्रबासकोव्यस्त जीवनका बाबजुद नेपाली भाषा, संस्कृति र परम्पराप्रतिको लगावलाई सङ्गीतमार्फत जीवन्त राख्न उनले पहिलोपटक तीज गीत सिर्जना गरेकीहुन्,ए मैना सुनन बोलको गीतमा गायिका निशा कँडेलको स्वर, यशोदा सापकोटा कार्कीको शब्द र टिका दहालको सङ्गीत रहेकाे छ।

गीतलाई अल्मोडा रानाउप्रेतीले एरेन्ज गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ रङ्गीत बल्लभ उप्रेतीले गरेका छन्,गम्भीर बिष्टको निर्देशनमा तयार भएको भिडियोमा मोडल बिना राउतको शीर्ष अभिनय देख्न सकिन्छ,पुनम श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा देवदोर्जे लामाको छायाङ्कन, मणिक पाख्रिनको आर्ट डाइरेक्सन र प्रबिन भट्टको सम्पादन तथा कलर संयोजन छ।

भिडियोमा तीजको सांस्कृतिक पक्षका साथै आमा र छोरीबीचको भावनात्मक सम्बन्धलाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ। तीजका अवसरमा नेपालीमहिलाहरूले माइती, परिवार र आफ्ना प्रियजनसँग साट्ने आत्मीय भावलाई गीतमा समेटिएको निर्माण पक्षले जनाएको छ,नियरबाइ क्याटरिङ र नीका टेक्नोलोजीको संयुक्त लगानीमा निर्माण भएको यो भिडियो ‘नेपाल क्युब’ (Nepal Cube) युट्युब च्यानलमार्फतसार्वजनिक गरिएको छ।
भिडियाे ..