आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

राजनीति

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुले लिए शपथ

असोज २२, काठमाडौं । शेरबहादुर देउवा मन्त्रिपरिषदमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीले शुक्रबार साँझ पद तथा गोपनीयताको शपथ लिएका छन् ।  आज भएको राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित कार्यक्रममा मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले र राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले श...

मुख्यमन्त्री राउतले आज विश्वासको मत लिने

असोज २०, प्रदेश २ का मुख्यमन्त्री लालाबाबु राउतले आज विश्वासको मत लिने भएका छन् । संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने भएकोले आज बिहान ११ बजे बोलाइएको प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । जनत...

बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

असोज १९, काठमाडौं । बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने सत्तारुढ दलहरुले बताएका छन् । आज बिहान सत्तारुढ दलका शीर्ष नेताहरुबीच मन्त्रालय भागवण्डाबारे छलफल भएको थियो । बालुवाटारमा भएको प्रधानमन्त्री एवं छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एक...

एमाले विधान महाधिवेशन: उपमहासचिव हटाउने प्रस्ताव

असोज १५, काठमाडौं । नेकपा एमालेमा आजबाट विधान महाधिवेशन सुरू भएसँगै उपमहासचिव पद हटाउने प्रस्ताव गरिएको छ । ललितपुरको गोदावरी सनराइज सभाहलमा शुक्रबारदेखि सुरू भएको महाधिवेशनमा सहभागीहरूलाई वितरण गरिएको प्रस्तावमा उपमहासचिवको पद हटाइएको हो । केही समयअघि च्यासलमा भएको केन्द्रीय कमिटी बैठकमा उपमह...

बालुवाटारमा आज सर्वदलीय बैठक बस्दै

असोज १४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । बैठक आज बिहान १० बजे बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो । बैठकमा संसदको अवरोधलाई निकास दिने लगायतका विषयमा छलफल हुनेछ । बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहर...

अध्यक्ष ओलीले आज सम्पादकहरुसँग छलफल गर्ने

असोज १२, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज नेपाली मिडियाका सम्पादकहरूसँग छलफल गर्ने भएका छन् । आज नयाँ बानेश्वरमा छलफलको कार्यक्रम तय भएको छ । सरकारबाट बाहिरिएपछि एमाले अध्यक्षले पहिलोपटक सम्पादकसँग छलफल गर्न लागेको हुन् । प्रधानमन्त्री छँदा पनि उनले बालुवाटारमा दुई–तीनपटक...

एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै

असोज ८, काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । विधान महाधिवेशनको तयारीका लागि नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने छ । केन्द्रीय समिति बैठकबाट विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान...

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

असोज ७, काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । शुक्रबारबाट केन्द्रीय कमिटी बैठक सुरू हुने पार्टी सचिव शेरबहादुर तामाङले बताए । उनका अनुसार शुक्रबार बिहान ११ बजेदेखि बैठक सुरू हुनेछ । विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान संशोधन प्रस्ताव छलफल तथा...

 महासचिवको टुंगो लगाउँदै एकीकृत समाजवादी

असोज ७, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)पार्टीले आज महासचिव, स्थायी कमिटी, पोलिटव्युरो र केन्द्रीय कमिटीका सदस्यहरु टुंगो लगाउने भएको छ । आज बिहान ११ बजे बस्ने केन्द्रीय कमिटी बैठकले पार्टी महासचिव टुंगो लगाउनुका साथै केन्द्रीय कमिटीको संख्या तोक्ने सम्भावना रहेको एक नेताले बताएका छन् । महास...

मन्त्री खड्काले लिए शपथ

असोज ६, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले आज परराष्ट्रमन्त्री पदको शपथ ग्रहण गरेका छन् । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराएकी हुन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले आजै खड्कालाई मन्त्री पदमा नियुक्त गरी पर...

 सांसद श्रेष्ठले मागे सभामुखको राजीनामा

असोज ५, काठमाडौं । नेकपा (एमाले)का सांसद भैरवसुन्दर श्रेष्ठले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा मागेका छन् । आज राष्ट्रिय सभामा समय लिएर उनले सभामुखले दलहरुलाई समान व्यवहार नगरेको आरोप लगाउँदै श्रेष्ठले राजीनामा माग गरेका हुन् ।  सांसद श्रेष्ठले मागे सभामुखको राजीनामा‘कुर्सीको ग...

भारतका प्रधानमन्त्री मोदीेले दिए संविधान दिवसको शुभकामना

असोज ३, काठमाडौं । नेपालको संविधान दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हार्दिक शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउँदै नेपाली जनताका साथै प्रधानमन्त्री देउवाप्रति बधाई ज्ञापन गरेका हुन् । संस्कृतिको सुदृढ सूत्र, पारस्परिक सम्पर्क र...

बीपीको सभापतिमा शेरचन चयन

असोज १, काठमाडौं । नेपाली कांग्रेस (बीपी)को सभापतिमा सुशीलमान शेरचन चयन भएका छन् । आज सकिएको विशेष महाधिवेशनले संस्थापक सभापति हरिबोल भट्टराईलाई सर्वोच्च नेता घोषणा गरेको छ भने शेरचनको सभापतित्वमा ६६ सदस्यीय कार्यसमिति बनाएको छ । उपसभापतिमा झलकनाथ वाग्ले, महामन्त्रीमा देवेन्द्रप्रकाश पौडेल र...

एमालेले गर्याे विधान महाधिवेशनको लोगो सार्वजनिक

भाद्र ३०, काठमाडौं । नेकपा (एमाले)ले विधान महाधिवेशनको लोगो जारी गरेको छ । आगामी १५–१७ असोजमा ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमालेको पहिलो विधान महाधिवेशन आयोजना हुँदैछ । एमालेले आज दिउँसो सामाजिक सञ्जालमार्फत विधान महाधिवेशनको लोगो सार्वजनिक गरेको हो । एमालेले...

संसदको बैठक असोज ४ गतेसम्म स्थगित

भदौ २९, काठमाडौं । प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ ।  मंगलबारको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ । तर संशोधनसहित बजेट पारित नगरी बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको हो । आजको बैठकमा एमाले सांसदको नाराबाजीकै बीच अर्थमन्...

प्रदेश १ -एकीकृत समाजवादी संसदीय दलको नेतामा चयन भए राजेन्द्र राई

भदौ २८, नेकपा (एकीकृत समाजवादी) पार्टीको प्रदेश १ मा संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् । आज बसेको एकीकृत समाजवादी संसदीय दलको बैठकले राईलाई दलको नेता चयन गरेको हो । दलको उपनेता, मुख्य सचेतक र सचेतक छनोट अर्को बैठकमा चयन गर्ने एकीकृत समाजवादीका सांसद उपेन्द्र घिमिरेले बताएका छन् । बैठक...

प्रतिनिधिसभाको बैठक अवरोध हटाउने विषयमा छलफल हुँदै

भदौ २७, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पटकपटक संसद बैठक अवरुद्ध गरेपछि अवरोध हटाउनका लागि छलफल शुरु भएको छ ।  छलफलमा सभामुख अग्निप्रसाद सापकोटा, एमालेका प्रमुख सचेतक विशाल भट्टराई, एमाले सांसद खगराज अधिकारी, चन्दा चौधरी र कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहा...

बैठक शुरु हुनासाथ एमालेको अवरोध १५ मिनेटको लागि स्थगित

भदौ २५, काठमाडौं । प्रमुख विपक्षी नेकपा (एमाले)ले संसदको बैठक शुरु हुनासाथ अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुरु गर्नासाथ एमालेका सांसदहरुले वेल घेराउ गरेका छन् । त्यसका कारण १५ मिनेटको लागि बैठक स्थगित भएको छ । उनीहरुले ‘संसदीय मर्यादा कायम गर’, ‘सभामुखको व्यवह...

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

भदौ २५, काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक शुक्रबार बस्ने भएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा आज अपरान्ह ४ बजे स्थायी कमिटी बैठक बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । विधान महाधिवेशनलगायत विषयमा छलफल गर्न एमालेले बैठक बोलाएको हो। विधान महाधिवेशनका लागि प्रतिनिध...

१० बुँदे सुझाव कार्यान्वयन गर्दै लुम्बिनी प्रदेश(एमाले)

भदौ २३ , काठमाडौं । लुम्बिनी प्रदेशका सबै जिल्लामा १० बुँदे सुझाव कार्यान्वयन गर्दै नेतृत्व चयन गरेको नेकपा एमालेले जनाएको छ । एमाले नेता शंकर पोखरेलका अनुसार लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा लिला गिरी र उपाध्यक्षमा खेममान खड्का चयन भएका छन् । सचिवमा भूमिश्वर ढकाल र उपसचिवमा दुर्गा थारु छन् । का...