असोज ५, काठमाडौं । नेकपा (एमाले)का सांसद भैरवसुन्दर श्रेष्ठले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा मागेका छन् । आज राष्ट्रिय सभामा समय लिएर उनले सभामुखले दलहरुलाई समान व्यवहार नगरेको आरोप लगाउँदै श्रेष्ठले राजीनामा माग गरेका हुन् । सांसद श्रेष्ठले मागे सभामुखको राजीनामा‘कुर्सीको ग...
असोज ३, काठमाडौं । नेपालको संविधान दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हार्दिक शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउँदै नेपाली जनताका साथै प्रधानमन्त्री देउवाप्रति बधाई ज्ञापन गरेका हुन् । संस्कृतिको सुदृढ सूत्र, पारस्परिक सम्पर्क र...
असोज १, काठमाडौं । नेपाली कांग्रेस (बीपी)को सभापतिमा सुशीलमान शेरचन चयन भएका छन् । आज सकिएको विशेष महाधिवेशनले संस्थापक सभापति हरिबोल भट्टराईलाई सर्वोच्च नेता घोषणा गरेको छ भने शेरचनको सभापतित्वमा ६६ सदस्यीय कार्यसमिति बनाएको छ । उपसभापतिमा झलकनाथ वाग्ले, महामन्त्रीमा देवेन्द्रप्रकाश पौडेल र...
भाद्र ३०, काठमाडौं । नेकपा (एमाले)ले विधान महाधिवेशनको लोगो जारी गरेको छ । आगामी १५–१७ असोजमा ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमालेको पहिलो विधान महाधिवेशन आयोजना हुँदैछ । एमालेले आज दिउँसो सामाजिक सञ्जालमार्फत विधान महाधिवेशनको लोगो सार्वजनिक गरेको हो । एमालेले...
भदौ २९, काठमाडौं । प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ । तर संशोधनसहित बजेट पारित नगरी बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको हो । आजको बैठकमा एमाले सांसदको नाराबाजीकै बीच अर्थमन्...
भदौ २८, नेकपा (एकीकृत समाजवादी) पार्टीको प्रदेश १ मा संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् । आज बसेको एकीकृत समाजवादी संसदीय दलको बैठकले राईलाई दलको नेता चयन गरेको हो । दलको उपनेता, मुख्य सचेतक र सचेतक छनोट अर्को बैठकमा चयन गर्ने एकीकृत समाजवादीका सांसद उपेन्द्र घिमिरेले बताएका छन् । बैठक...
भदौ २७, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पटकपटक संसद बैठक अवरुद्ध गरेपछि अवरोध हटाउनका लागि छलफल शुरु भएको छ । छलफलमा सभामुख अग्निप्रसाद सापकोटा, एमालेका प्रमुख सचेतक विशाल भट्टराई, एमाले सांसद खगराज अधिकारी, चन्दा चौधरी र कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहा...
भदौ २५, काठमाडौं । प्रमुख विपक्षी नेकपा (एमाले)ले संसदको बैठक शुरु हुनासाथ अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुरु गर्नासाथ एमालेका सांसदहरुले वेल घेराउ गरेका छन् । त्यसका कारण १५ मिनेटको लागि बैठक स्थगित भएको छ । उनीहरुले ‘संसदीय मर्यादा कायम गर’, ‘सभामुखको व्यवह...
भदौ २५, काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक शुक्रबार बस्ने भएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा आज अपरान्ह ४ बजे स्थायी कमिटी बैठक बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । विधान महाधिवेशनलगायत विषयमा छलफल गर्न एमालेले बैठक बोलाएको हो। विधान महाधिवेशनका लागि प्रतिनिध...
भदौ २३ , काठमाडौं । लुम्बिनी प्रदेशका सबै जिल्लामा १० बुँदे सुझाव कार्यान्वयन गर्दै नेतृत्व चयन गरेको नेकपा एमालेले जनाएको छ । एमाले नेता शंकर पोखरेलका अनुसार लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा लिला गिरी र उपाध्यक्षमा खेममान खड्का चयन भएका छन् । सचिवमा भूमिश्वर ढकाल र उपसचिवमा दुर्गा थारु छन् । का...
भदौ २१, रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेले नेकपा (एकीकृत समाजवादी) रोजेकी छन् । नेकपा (एमाले)बाट निर्वाचित भएकी काफ्लेले पार्टी विभाजनपछि नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेकी हुन् । काफ्लेले आज जिल्ला निर्वाचन कार्यालय पुगेर सनाखत गरेकी छिन् । यस्तै बुटवल उपम...
भदौ १८, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले महेश बस्नेतलाई चेतावनी दिएका छन् । उनले भक्तपुरमा वडा अधिवेशनको उद्घाटन गर्दै आफूलाई नभइ भक्तपुर जिल्लाका सभापतिलाई चुनाव हराएर देखाउन एमाले सांसद महेश बस्नेतलाई चेतावनी दिएका हुन् । “बस्नेतजीले मलाई होइन, भक्तपु...
भदौ १८, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आजदेखि वडा अधिवेशन सुरु भएको छ । महाधिवेशनको कार्यतालिका अनुसार भदौ १८मा देशभरका सबै वडामा अधिवेशन गर्ने भनिए पनि आज करिब ४५ जिल्लामा मात्र अधिवेशन हुने निर्वाचन समितिले बताएको छ । ५६ जिल्लाको क्रियाशील सदस्यता व...
भदौ १६, काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यालय ललितपुरले पार्टीको वडा अधिवेशन भदौ २१ भित्रै सक्ने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले भदौ १८ मा तोकिएको वडा अधिवेशन भदौ २३ सम्म सक्ने समयसीमा थपेका बेला ललितपुर कांग्रेसले २१ गतेभित्र वडा अधिवेशन सक्ने जानकारी गराएको छ । जिल्ला सभापत...
भदौ १६, दोलखामा नेकपा एमालेबाट निर्वाचित भएका सबै जनप्रतिनिधिहरुले पार्टी विभाजनमा साथ नदिने निर्णय गरेका छन् । माधव नेपाल समुहले नेकपा एकिकृत समाजवादी पार्टीका रुपमा निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेका थिए । सरकारले राजनीतिक दलसँगै जनप्रतिनिधिहरुलाई समेत विभाजन गर्नेगरी २१ दिनभित्र नयाँ दल रोज्न पा...
भदौ १५, सुदूरपश्चिममा एमालेका १० प्रदेशसभा सदस्यले नेकपा एकीकृत समाजवादी रोजेका छन् । तीन जनाको भने कागजपत्र नपुगेकाले आज सनाखत हुन सकेन । राजनीतिक दलसम्बन्धी अध्यादेश आएपछि माधवकुमार नेपाल समूहले एमाले छाडेर एकीकृत समाजवादी बनेको थियो । निर्वाचन आयोगले प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुलाई...
भदौ ११, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट उद्धारको कार्य जारी रहने बताएका छन् । हिजो काबुल विमानस्थलमा आएको आक्रमणपछि अष्ट्रेलिया, न्युजिल्याण्ड र क्यानडासहितका धेरै मुलुकले उद्धारको कार्य रोक्ने निर्णय गरिसकेका छन् । तर, बाइडनले भने हामीहरुले यो मिसन सकाउने बताएका छन...
भदौ ४, काठमाडौं । बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन् । शर्मा बागमती प्रदेशको तेस्रो प्रदेश प्रमुख हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् । त्यसअघि उनले प्रदेश प्रमुखबाट विष्णुप्रसाद प्रसाईँलाई पदम...
भदौ ४, केही दिनअघि मात्र अफगानिस्तानमा सत्ता कब्जा गरेको विद्रोही समूह तालिबानविरूद्ध अफगानिस्तानमा ठाउँ–ठाउँमा प्रदर्शन भएका छन ्। बिहीबार राजधानी काबुलसहित विभिन्न ठाउँमा प्रदर्शन भएका थिए । ती प्रदर्शनमा महिलाहरू पनि सहभागी भए । प्रदर्शनकारीहरुले कालो, रातो र हरियो रङका ठूला ठूला अफगान झ...
श्रावण २८, लुम्बिनी । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा नियुक्त भएका छन्। मुख्यमन्त्री केसीले आज मन्त्रिपरिषद पनि गठन गर्दैछन्। डिल्ली चौधरीलाई ग्रामिण विकास तथा सहरी विकास मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । चौधरी कांग्रेस सांसद हुन्।...