बिहीबार २८ जेष्ठ, २०८३ (Thursday June 11, 2026)

राजनीति

ललितपुरले वडा अधिवेशन भदौ २१ मै सक्ने

भदौ १६, काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यालय ललितपुरले पार्टीको वडा अधिवेशन भदौ २१ भित्रै सक्ने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले भदौ १८ मा तोकिएको वडा अधिवेशन भदौ २३ सम्म सक्ने समयसीमा थपेका बेला ललितपुर कांग्रेसले २१ गतेभित्र वडा अधिवेशन सक्ने जानकारी गराएको छ । जिल्ला सभापत...

एमालेका सबै जनप्रतिनिधिहरु पार्टी विभाजनको विपक्षमा 

भदौ १६, दोलखामा नेकपा एमालेबाट निर्वाचित भएका सबै जनप्रतिनिधिहरुले पार्टी विभाजनमा साथ नदिने निर्णय गरेका छन् । माधव नेपाल समुहले नेकपा एकिकृत समाजवादी पार्टीका रुपमा निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेका थिए । सरकारले राजनीतिक दलसँगै जनप्रतिनिधिहरुलाई समेत विभाजन गर्नेगरी २१ दिनभित्र नयाँ दल रोज्न पा...

नेकपा एमालेका १० सांसदले रोजे एकीकृत समाजवादी

भदौ १५, सुदूरपश्चिममा एमालेका १० प्रदेशसभा सदस्यले नेकपा एकीकृत समाजवादी रोजेका छन् । तीन जनाको भने कागजपत्र नपुगेकाले आज सनाखत हुन सकेन । राजनीतिक दलसम्बन्धी अध्यादेश आएपछि माधवकुमार नेपाल समूहले एमाले छाडेर एकीकृत समाजवादी बनेको थियो । निर्वाचन आयोगले प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुलाई...

उद्धारको कार्य जारी रहनेछ ः बाइडन

  भदौ ११, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट उद्धारको कार्य जारी रहने बताएका छन् । हिजो काबुल विमानस्थलमा आएको आक्रमणपछि अष्ट्रेलिया, न्युजिल्याण्ड र क्यानडासहितका धेरै मुलुकले उद्धारको कार्य रोक्ने निर्णय गरिसकेका छन् । तर, बाइडनले भने हामीहरुले यो मिसन सकाउने बताएका छन...

 प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

भदौ ४, काठमाडौं । बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन् । शर्मा बागमती प्रदेशको तेस्रो प्रदेश प्रमुख हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् । त्यसअघि उनले प्रदेश प्रमुखबाट विष्णुप्रसाद प्रसाईँलाई पदम...

तालिबानविरूद्ध अफगानिस्तानमा प्रदर्शन 

भदौ ४, केही दिनअघि मात्र अफगानिस्तानमा सत्ता कब्जा गरेको विद्रोही समूह तालिबानविरूद्ध अफगानिस्तानमा ठाउँ–ठाउँमा प्रदर्शन भएका छन ्। बिहीबार राजधानी काबुलसहित विभिन्न ठाउँमा प्रदर्शन भएका थिए । ती प्रदर्शनमा महिलाहरू पनि सहभागी भए । प्रदर्शनकारीहरुले कालो, रातो र हरियो रङका ठूला ठूला अफगान झ...

को–को बन्दैछन् त लुम्बिनीमा मन्त्री?

श्रावण २८, लुम्बिनी । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा नियुक्त भएका छन्। मुख्यमन्त्री केसीले आज मन्त्रिपरिषद पनि गठन गर्दैछन्। डिल्ली चौधरीलाई ग्रामिण विकास तथा सहरी विकास मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । चौधरी कांग्रेस सांसद हुन्।...

मुख्यमन्त्री पोखरेलले दिए राजीनामा 

श्रावण २७, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा स्वीकृत भएको छ । शंकर पोखरेलले दिएको राजीनामालाई प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका हुन् । साथै अर्को मन्त्रिपरिषद् गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्लाई नै कार्यभार बहन गर्न समेत उनले तोकेका छन् । १९ वैशाखमा...

थप दुई मन्त्रीले पनि राजीनामा दिने

श्रावण २७, बुटवल । जनता समाजवादी पार्टी (जसपा) बाट लुम्बिनी प्रदेश सरकारमा थप दुई जना मन्त्रीले राजीनामा दिने भएका छन् । उद्योग, वन तथा वातावरणमन्त्री कल्पना पाण्डे लम्साल र भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजयबहादुर यादवले राजीनामा दिन लागेका हुन् । ‘माननीय सन्तोष पाण्डेसहित हामी...

मुख्यमन्त्री राउतले भेटे गृहमन्त्री खाणलाई

श्रावण २०, काठमाडौं । विकास र कोरोनाको रोकथाम तथा नियन्त्रणबारे प्रदेश नम्बर २ को मुख्यमन्त्री र गृहमन्त्रीको कुराकानी भएको छ  । मंगलबार गृह मन्त्रालयमा भएको भेटवार्तामा गृहमन्त्री खाणले कोरोना नियन्त्रण गर्न प्रदेश सरकारले प्राथमिकताका साथ काम गर्नुपर्नेमा जोड दिएका थिए । मुख्यमन्त्री रा...

प्रतिनिधि सभाको बैठक आज बस्दै

श्रावण १९, काठमाडौं । प्रतिनिधिसभाको आठौँ अधिवेशनको छैटौँ बैठक मंगलबार बस्दैछ । आज दिउँसो १ बजे बैठकका लागि बोलाइएको छ । महासचिव भरतराज गौतमका अनुसार आजको बैठकका दुईवटा सम्भावित कार्यसूचीहरू रहेका छन् । पहिलो कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७६÷०७७ को मुस्लिम आयोगक...

वडा कमिटी गठन गर्न  माओवादीको निर्देशन

श्रावण १७, काठमाडौं । नेकपा माओवादी केन्द्रले श्रावण  ३० गतेभित्र वडा कमिटीहरु गठन गर्न निर्देशन दिएको छ । पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकले २० श्रावण बोलाइएको केन्द्रीय कमिटी बैठकलाई १० दिनपछि सारेको छ । साथै ३० श्रावणभित्र पार्टीको वडा कमिटीहरु गठन गरेर अद्यावधिक विवरण सम्बन्धित...

आज पनि बस्दै कांग्रेस पदाधिकारीको बैठक 

श्रावण १४, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बोलाइएको छ । बैठकमा आगामी १४ औं महाधिवेशनको विषयमा छलफल हुने कांग्रेसका एक नेताले जानकारी दिए । बुधबार बसेको बैठकमा क्रियाशील...

महाधिवेशनबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

श्रावण १२ , काठमाडौं । १४ औं महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी आज बिहान १० बजे बैठक बस्दै छ । बैठक भने पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बोलाइएको छ । आजको बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले प्रतिवेदन पेस गर्ने कांग्रेस केन्द्रीय कार्यालय...

कांग्रेस पदाधिकारी आज बैठक बस्दै

साउन ९, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी आज बैठक बस्दैछ । पार्टीको १४औं महाधिवेशनको कार्यतालिका परिमार्जन गर्नेबारे आज शनिबार शीर्ष नेतासहित पदाधिकारी बैठक बस्न लागेको हो । बैठक कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्दैछ । कांग्रे...

फोनबाटै मोदीले दिए प्रधानमन्त्री देउवालाई बधाई ,खोप उपलब्ध गराउने विश्वास

फोनबाटै मोदीले दिए प्रधानमन्त्री देउवालाई बधाई ,खोप उपलब्ध गराउने विश्वास श्रावण ४, काठमाडौँ — प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ । फोनवार्तामा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवालाई बधाई दिँदै दुई मुलुकबीचको आपसी हित र समझदारीमा कुरा...

राजनीतिले बाटो पहिल्यायो-नेपाली राजदूत आचार्य

असार ४ , काठमाडौं । नेपाली राजदूत निलाम्बर आचार्यले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएसँगै राजनीतिले पुनः बाटो पहिल्याएको छ । सामाजिक सन्जाल टवीटर मार्फत आचार्यले सो धारणा व्यक्त गरेका छन । उनले अब कोरोना कालको जीवन र जीविकाको समस्या सम्बोधनमा पूर्ण ध्यान केन्द्रित गर्न सकिने स्थिति ब...

माधव नेपालले कम्युनिष्टलाई नयाँ शिराबाट एकीकृत गर्न गरे आह्वान

असार १४, काठमाडौं । सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न नेकपा एमालेका नेता माधव कुमार नेपालले अपिल गरेका छन् ।        सोमबार एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७० औं जन्मजयन्तीको सन्दर्भमा विज्ञप्ति जारी गर्दै नेपालले सांगठनि...

रामेछाप नगरपालिकाको नवौ नगर सभा सम्पन्न ।

असार १२ रामेछाप ,रामेछाप नगरपालिकाले यहि असार १० गते नगरको नवौ नगर सभा सम्पन्न  गरेको छ । सभामा उप-प्रमुख सृजना खड्काले आर्थिक वर्ष २०७८/०७९ को चालू खर्च तर्फ ३५ करोड ८० लाख ९८ हजार ३ सय ३४ रूपैयाँ ४८पैसा र पुँजीगत  खर्च २७ करोड ३८ लाख ४६ हजार ३ सय ३१ रूपैयाँ ०४ पैसा गरि जम्मा ६३...

संसद विघटनविरुद्ध उभिए माधव नेपाल पक्षका २३ सांसद

जेठ १०, काठमाडौं । नेकपा एमाले माधवकुमार नेपाल समूहका २३ जना सांसदले सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध रिट दायर गर्न हस्ताक्षर गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गरेका २६ सांसदमध्ये संसद विघटनविरुद्ध रिट दिन २३ जनाले हस्ताक्षर गरेका हुन् । प्रध...