बुधबार १० असार, २०८३ (Wednesday June 24, 2026)

समाज

सडक निर्माणमा लापरवाही गर्ने ठेकेदार खोज्दै सांसद भगबती चौधरी फिल्डमा

  सुनसरी । रणनीतिक सडक निर्माणमा ठेकेदारको लापरवाही देखेपछि सांसद भगबती चौधरीले फिल्डमै उत्रिएर अनुगमन गरेकी छन् । गृहजिल्ला रहेकी चौधरीले सुनसरी क्षेत्र नं. ३ मा पर्ने रणनैतिक सडक निर्माणमा ठेकेदारले ढिलासुस्तीसँगै लापरवाही गरेको देखेपछि सडक डिभिजन कार्यालय विराटनगरका  प्रमुख राजेन्द्र...

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्रश्न, पाठ्यक्रममा स्थानीय भाषा खोइ?

काठमाडौं, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले आफूहरूमाथि लाञ्छना लगाउनेलाई जघन्य अपराधको कसुरमा कारबाही गर्नुपर्ने बताएका छन्। ‘धेरै स्ट्रगल गरिरहेका छौँ,बाटोमा हिँड्दा समेत ओपन नाम दिन्छन्,’समुदायका सदस्यहरूले भने,‘त्यसले समुदायका साथीहरूमा मानसिक असर परेको छ। लाञ्छना लगाउ...

फेरि अनुसन्धान गर्न विशेष अदालतको आदेश

माघ, काठमाडौं । सार्वजनिक जग्गा मिचिएको रुपन्देहीको एक घटनामा अपुरो अभियोगपत्र दायर गरेको भन्दै विशेष अदालतले  फेरि अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । रुपन्देहीको खड्का बनगाई–४ स्थित सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भएको घटनामा विशेष अदालतले संलग...

कान्छाराम कन्ट्रक्सनले सडक अलपत्र पारि छाेड्दा वडा बासीले धेरै सास्ती भाेग्नु परेकाे छ | नागरिक सराेकार

माघ १५ काठमाडौं ,रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. ८ चिसापानी बासीले एम एस कान्छाराम कन्ट्रक्सनले २०७६/०७७ मा २०७८ पुष सम्म सम्पन्न गरि सक्ने सम्झाैता गरि लिएकाे मन्थली चिसापानी पुराना गाउँ सडक निमार्ण कार्य सम्पन्न गर्ने सम्झाैता गरेकाे दुई वर्ष बितिसक्दा समेत अझै अलपत्र छाेडेकाे छ । म...

सामाजिक व्यक्तित्व घिमिरेको जीवन रक्षाकाे लागि हार्दिक अनुराेध

माघ १३ काठमाडौं ,सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं ४ पाेखरेल गाउँ निवासी वर्ष ५२ काे सामाजिक व्यक्तित्व बासुदेव घिमिरेको बाेनम्याराे फेल (MDS) भई हाल सिभिल हस्पिटलमा उपचार गराई रहनु भएकाे छ । उहाँको जीवन रक्षाकाे लागि बाेनम्याराे प्रत्यारोपण अनिवार्य गर्नुपर्ने भएकाेले र बाेनम्याराे...

रामेछाप–काठमाडौं सम्पर्क मञ्चले अन्तरपालिकास्तरीय फुटसल कप–२०८० आयोजना गर्दै

माघ काठमाडौ, नेकपा (एमाले) रामेछाप–काठमाडौं सम्पर्क मञ्चले भोलिदेखि अन्तरपालिकास्तरीय फुटसल कप–२०८० आयोजना गर्ने भएको छ । काठमाडौं कोटेश्वरस्थित होटेल ए–वान भेन्युमा बिहीबार पत्रकार सम्मेलन गरी एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले प्रतियोगिता बारे जानकारी दिएको थियो...

सबै दलका नेताहरुसँग समन्वय गरेर प्रदेशलाई अगाडि बढाउँछु : सभामुख विष्ट

पुस २४, कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले शपथ लिएका छन् । आज प्रदेशसभाबाट निर्वाचित भए लगतै अम्बरबहादुर विष्टले प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । रा.प्र.पा. समानुपातिक सांसद विष्ट सत्तारुढ गठबन्धन दल र नेकपा (एमाले)को समर्थनमा सभामुख बनेका हुन् । निर्व...

पत्रकार नवराज बजगाईलाई डेरी एसोसिएसनको सम्मान

ललितपुर, सञ्चारकर्मी नवराज बजगाई सम्मानित भएका छन । शुक्रबार ललितपुरमा आयोजित नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको साधारण सभामा बागमती प्रदेश सभाकी उप–सभामुख माननिय अप्सरा चापागाईले बजगाईलाई सम्मान गरेकी हुन । नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको ५औं वार्षिक साधारण सभा, नेपाल डेरी एसोसिएस...

निर्वाचनका सन्दर्भमा गठबन्धनले एमालेसँग प्रस्ताव माग्ने

१८ पुस, काठमाडौं । राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा नेकपा (एमाले)ले चाहेको के हो बुझ्ने सत्तारुढ गठबन्धनले बताएका छन् । गठबनधनका चार दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूहरुलाई शुन्य नबनाउन  एमाले नेताहरुले आग्रह गरेको बताएका थिए । ‘एमालेको प्रस्ताव के हो ? माग क...

सहकारी कानूनमा सुधार गर्न कार्यदल बनाउने

सरकारले सहकारी सम्बद्ध कानुन सुधार गर्नका लागि कामको लागि एक कार्यदल गठन गर्ने निर्णय गरेको छ। मंगलबारको मन्त्रिपरिषद् बैठकले सहकारी समस्याहरूलाई पहिचान गरी, नीतिगत र कानुनी सुधारका लागि कार्यदल गठन गर्ने निर्णय गरेको थियो। राष्ट्रिय योजना आयोग, भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयको सद...

दुई नवनियुक्त मन्त्रीले गरे शपथ ग्रहण 

पुस ८, लुम्बिनी प्रदेशका दुई नवनियुक्त मन्त्रीले आज शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले हिजो साँझ माओवादी केन्द्रकी कृष्णा केसी (नमूना) लाई ग्रामीण, खानेपानी तथा शहरी विकास मन्त्री र नेपाली कांग्रेसका सरोज थापालाई उद्योग वाणिज्य तथा यातायात मन्त्रीमा नियुक्त गरेका थिए । ...

नेपाल दूरसञ्चार ऐन २०५३ संशोधन गर्दैछौं : सञ्चारमन्त्री शर्मा

पुस ३ काठमाडौं, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल दूरसञ्चार ऐन २०५३ संशोधनका लागि मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति लिइसकिएको बताएकी छिन् । आज बसेको बैठकमा मन्त्री शर्माले नेपाल दूरसञ्चार ऐन २०५३ मा थुप्रै छिद्रहरु रहेकाले समय सापेक्ष संशोधन गर्नुपर्ने बताएकी छिन् ।  &...

अध्यक्ष ओलीलाई उनको जन्मथलोमा भव्य स्वागत

नेकपा (एमाले)का अध्यक्ष केपि शर्मा ओलीलाई उनको जन्मथलो तेह्रथुमको आठराईमा हिजो भव्य स्वागत गरिएको छ । मध्य पहाडी पुष्पलाल लोक मार्ग झुलाघाट – चिवाभनज्याङ समृद्धिका लागि संकल्प यात्रा महाअभियानको क्रममा ओली १६औँ दिनमा आठराई आइपुगेका हुन् । आठराई गाउँपालिकाका अध्यक्ष दिल कुमार पाहिम, उपाध्यक्...

 नेप्सेम्याक संस्थाको २५ वर्ष पुरा 

मंसिर २० काठमाडौँ, नेपाल प्रदुषण नियन्त्रण तथा वातावरण निर्माण केन्द्र (नेप्सेम्याक)द्वारा संस्थाको २५ वर्ष पुरा गरेको अवसरमा ‘नेप्सेम्याक सन्देश–५’ सार्वजनिक गरिएको छ । संस्थाको एक कार्यक्रमका बिच उक्त पुस्तक विमोचन गरिएको हो । काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा कार्यरत...

ए एस जी आई केयरले एक महिने निःशुल्क आँखा जाँच गर्दै 

  मंसिर १५ काठमाडौं ,नयाँ  बानेश्वर स्थित कृष्ण टावरमा रहेको ए एस जी आई केयरले मंसिर १५ गते देखि पौष १५ गते सम्म एक महिनाको लागि निःशुल्क आँखा सम्बन्धि सम्पूर्ण चेक जाँच तथा परामर्श सेवा उपलब्ध गराई रहेको छ ।   ए एस जी आई केयरमा बिना सुई ,बिना पट्टी फेको विधि द्वारा मोति विन्दुको शल्...

नेपाल दुई ढुंगा बिचको तरुल हैन दुई ठुला अर्थतन्त्र बिचको पुल हुनु पर्छ : किरण

काठमाडौं - राप्रपा नेता रवि किरण हमालले नेपाल अब पृथ्वीनारायण शाहको पालाको मान्यता भन्दा माथि उठ्नुपर्ने बताएका छन् । राप्रपा, अन्तर्राष्ट्रिय सम्बन्ध विभागद्वारा आयोजित 'नेपालको परराष्ट्र नीति: विगत, वर्तमान र भविष्य' विषयक विचार गोष्ठी कार्यक्रममा सहभागी किरणले पत्रकारलाई प्रतिक्रिया दि...

सुलिकोट गाउँपालिकाले गर्यो अतिसीमान्तकृत बराम समुदायको निःशुल्क स्वास्थ्य बीमा

अतिसीमान्तकृत बराम समुदायको निःशुल्क स्वास्थ्य बिमा बारपाक सुलिकोट गाउँपालिकाले गरेको छ ।  गाउँपालिकाले ती समुदायका जागिर खाइरहेका, सरकारी सेवा सुविधा तथा पेन्सन सुविधा पाउँदै आएकाबाहेक अन्य सबैका बीमा गर्न शुरु गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । भट्टले भने, &lsquo...

युवा सङ्घको प्रदर्शन शान्तिपूर्ण सम्पन्न 

 मंसिर ७, नेकपा (एमाले) निकट युवा सङ्घको कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । युवा सङ्घले आज तिनकुनेमा गरेको प्रदर्शन शान्तिपूर्ण रुपमा सकिएको हो । काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट कार्यकर्ताहरू जुलुसका साथ तिनकुनेमा आएका थिए । तिनकुनेबाट कोटेश्वर हुँदै पुन तिनकुने आएर ¥याल...

रामेछापको गुम्देल र गोठपानीमा भोलि देखि अरनिको यातायातको नियमित सेवा

मंसिर ०५ रामेछाप, पूर्व अरनिको यातायात सेवाले रामेछापको गुम्देल र गोठपानीबाट अबदेखि नियमित रूपमा सेवा प्रदान गर्नु पर्ने भएको छ । यस अगाडि देखिनै बेला मौकामा मात्रै यात्रु ओसार्दै आएको अरनिको यातायाले नियमित  रूपमा सेवा नदिए १० हजार रुपैयाँ सम्म जरिवाना समेत तिराइने निर्णय गरिएको हो । ...

रत्न गौतमद्वारा उपचारका लागि आर्थिक सहयोग 

 मङ्सिर २ काठमाडौं, नेकपा (एमाले)का नेता समाजसेवी रत्नप्रसाद गौतमले अस्पतालमा उपचार गराइरहेकी एक बिरामीका लागि आर्थिक सहयोग गरेका हुन् ।  रामेछापको मन्थली नगरपालिका– १२ बिन्दा अधिकारीको उपचारका लागि गौतमले २५ हजार रुपैँया आर्थिक सहयोग गर्नुभएको हो । पेटको शल्यक्रिया गरी काठमाडौंको...