वैशाख १५, काठमाडौं । वायुसेवा कम्पनी र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच मंगलबार भएको छलफलपछि निषेधाज्ञाको समयमा हवाई यात्रा गर्ने यात्रुका लागि साझा बस चल्ने निर्णय भएको छ । काठमाडौं उपत्यकामा सरकारले बिहिबार बिहानबाट निषेधाज्ञा घोषणा गरेको छ । त्यसैले हवाई उडानका यात्रुलाई सहज होस् भ...
वैशाख १४, काठमाडौं । कोरोना भाइरसको त्रास दिनदिनै बढ्दै गएपछि यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि अनलाइन आवेदन बन्द गरेको छ । १६ गतेबाट अनिश्चितकालका लागि लागु हुनेगरी अनलाइन आवेदन बन्द गरिएको विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिए ।
वैशाख १४, काठमाडौं । नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुकमा जान विदेशी नागरिकलाई सरकारले रोक लगाएको छ । त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक जान नेपाल आउन र त्रिभुवन विमानस्थललाई ट्रान्जिटका रुपमा मात्र प्रयोग गरी अन्य गन्तव्यमा यात्रा गर्न रोक लगाएको अध्यागमन विभागले एक सूचना प्रकाशित गर्दै...
वैशाख १४, काठमाडौं । एक साताले मात्रै कोरोना संक्रमणको चेन ब्रेक नहुने भन्दै थप एक साता निषेधाज्ञा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले भने, ‘१४ दिन क्वारेन्टिनको अवधि हुने भएकाले यसअघिको अभ्यासका आधारमा १५ दिन निषेधाज्ञा गर्न...
वैशाख १३, काठमाडौं । विमानलाई चल्न दिएर सार्वजनिक सवारी मात्रै बन्द गर्ने गरी निर्णय भएमा अवज्ञा गर्ने चेतावनी यातायात व्यवसायीहरुले दिएका छन् । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले वैशाख १६ गतेदेखि सार्वजनिक यातायात बन्द गरेर निषेधाज्ञा लगाउने निर्णय गरेका छन् । जसमा आन्...
वैशाख १३, काठमाडौं । सोमबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले तीन जिल्लामा निषेधाज्ञा गर्ने निर्णय गरेको छ । अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने, खाद्यपदार्थ र औषधी पसलबाहेकका अरु पसल बन्द गर्ने निर्णय उक्त बैठकले गरेको स्रोतले जनाएको छ । &nb...
वैशाख १३, काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसिरहेको छ । सो बैठकले निषेधाज्ञाबारे निर्णय गर्नेछ । यही वैशाख १६ गतेबाट निषेधाज्ञा लागु गर्ने प्रस्तावबारे छलफलका साथै के–के बन्द गर्ने र के–के खुला गर्ने भन्ने कुरा केहीबेरमा टुंगिने ए...
वैशाख १२, काठमाडौं । आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका अन्य सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । सोमबारदेखि नै लागू हुनेगरी एक साताका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर...
वैशाख १२, काठमाडौं । कोरोना महामारीविरुद्धको लडाइँमा एकढिक्का भएर परिचालित हुन नेकपा एमालेले मातहतका कमिटीलाई निर्देशन दिएको छ । आइतबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक समितिको बैठकले स्थानीय तह र जिल्लास्थित समितिसँग समन्वय गरेर पार्टी पंक्तिलाई परिचालित हुन नेकपा एमालेले निर्देशन दिएको हो ।...
वैशाख १०, काठमाडौं । फागुनभित्रै स्थानीय तहको चुनाव हुने प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले स्थानीय तहको चुनावी तयारीमा लाग्न निर्देशन दिएका हुन् । कोरोना महामारीबाट जोगिन र आमनागरिकल...
वैशाख १०, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले शुक्रबारबाट दर्शनार्थीलाई पशुपतिनाथ मन्दिरमा आउन रोक लगााएको छ । कोभिड–१९को दोस्रो लहर सुरु भएकोले भिडभाड गर्दा संक्रमण फैलिने त्रासले पशुपतिनाथ, गुह्येश्वरी लगायतका मन्दिरहरुमा अनिश्चितकालका लागि नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपा...
वैशाख ९, काठमाडौं । भेरोसेल नामक कोरोना भाइरस विरुद्धको खोप ललितपुरको अल्का अस्पतालमा लगाउनेको भिड लागेको छ । कोरोना विरुद्धको दोस्रो डोजको खोप लगााउने खोप केन्द्र एउटा मात्र र त्यसमाथि अन्तिम दिन भएकाले अल्का अस्पतालमा खोप लगाउनेको भिड लागेको छ । अन्य अस्पतालमा भेरोसेल खोपको पहिलो ड...
बैशाख ९, भक्तपुर । बुधबारदेखि भक्तपुरको मध्यपुरथिमि क्षेत्रमा दैनिक १० लाख लिटर मेलम्ची खानेपानी वितरण शुरु भएको छ । केही दिन भित्रै दैनिक ३० लाख लिटर खानेपानी वितरण शुरु हुनेछ । मध्यपुरथिमि नगरपालिका–९ टिगनीस्थित खानेपानी ट्याङ्कीको संयुक्तरुपमा भक्तपुर क्षेत्र नं. २ का सांसद एवं पूर...
वैशाख ८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ११ गते धरहराको उद्घाटन गर्ने भएकोले बुधबार धरहराको टुप्पोमा गजुर राखिएको हो । नेपाल पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरले भने,‘आज धरहराको टुप्पामा ३३० केजीको सुनको जलप लगाएको गजुर राखिएको छ, जसमा ९५ तोला ३ लाल सुन...
वैशाख ८, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई घुस लिने व्यक्ति पक्राउ गर्न स्टिङ अपरेशन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा र मीरा खड्कासहितको संवैधानिक इजलासले बुधबार स्टिङ अपरेशन...
बैशाख ८, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अन्नपूर्ण हिमाल आरोहण गरेर फर्केकी शर्मिला तामाङलाई भव्य स्वागतका साथ बधाई ज्ञापन गरिएको छ । शर्मिलासहित ६ जना नेपाली महिलाले एकैदिन अन्नपूर्ण हिमाल आरोहण गरे । ८ हजार मिटर अग्ला हिमालहरुमध्ये सबभन्दा जोखिमपूर्ण हिमालको रुपमा रहेको...
वैशाख ८, काठमाडौं । कतार सरकारले जुलाई १ तारिख अर्थात् असार १७ गतेदेखि हाल चलनचल्तीमा रहेको चौथो संस्करणका कतारको मुद्रा नचल्ने बताएको छ । कतार सरकारले चौथो संस्करणका बैंक नोटहरु चलनचल्तीबाट हटाउने निर्णय गरेसँगै कतारी रियाल यथाशीघ्र सटही गर्न नेपाल राष्ट्र बैंकले नेपालीहरुलाई आग्रह गरेको छ ।...
बैशाख ७, बाँके । नोवेल कोरोना भाइरसको दोस्रो लहर सुरु भएकोले संक्रमितको संख्या पनि बढ्दै गएको छ । त्यसर्थ बाँकेमा लकडाउन गर्न सिफरिस भएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भोली यसबारे निर्णय हुने बताए । उनले भने, ‘लकडाउन गरेर हिँडडुलमा समेत नियन्त्रण गर्नुपर्छ भनेर सिफारिस भएको...
वैशाख ७, काठमाडौं । कोभिड–१९ विरुद्धको खोपको दोस्रो डोज सरकारले लगाउन सुरु गरेको छ । वैशाख ७ देखि ११ गतेसम्म पहिलो चरणमा खोप लगाएकाहरुलाई दोस्रो डोज दिन लागिएको हो । पहिलो मात्रामा कोभिसिल्ड खोप लगाएका ४ लाख ३९ हजारलाई दोस्रो डोज दिइने स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाका प्रमुख डा.झल...
वैशाख ६, काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्षसम्मका साना बालबालिकाहरुलाई सोमबार र मंगलबार भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले हरेक वर्ष राष्ट्रिय भिटामिन ए कार्यक्रममार्फत् भिटामिन ए र जुकाको औषधि खुवाउने गर्दै आएको छ । अघिल्लो वर्ष खाएकाहरुला...